गल्याङको नगरप्रमुखमा ९ जनाको मनोनयन

२०७९ बैशाख १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि गल्याङ नगरपालिकाको प्रमुखमा ९ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको छ ।

नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई, नेकपा (एमाले) सूर्यप्रसाद गैह्रै (पारस), एकिकृत माओवादी केन्द्रका घनश्याम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजय बस्नेत, नेकपा एकीकृत समाजवादी पार्टीका हरीप्रसाद भण्डारी, मंङ्गोल नेशनल अर्गनाइजेशनका लोकबहादुर पल्ली, नेपाल काँग्रेस  (विपी) का लोनकला भट्टराई, मौलिक जरोकिलो पार्टीका कमल न्यौपानेले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । निर्वाचन अधिकृत गैरेका अनुसार स्वतन्त्रमा रेशमराज भट्टराईले पनि नगरप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी हेमा न्यौपाने, नेकपा (एमाले) की देवीसरा थापा, एकिकृत माओवादी केन्द्रकी हेम कुमारी तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सिता कुमारी भट्टराई, नेकपा एकीकृत समाजवादी पार्टीकी पूर्णिकला भट्टराई, मंङ्गोल नेशनल अर्गनाइजेशनकी दिल माया सिङ्जाली (थापा) र मौलिक जरोकिलो पार्टीकी गितादवी शर्माले उम्मेदवारी गर्दा गराउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय