वालिङको नगरप्रमुखमा ८ र उपप्रमुख ५ जनाको मनोनयन

२०७९ बैशाख १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वालिङ नगरपालिकाको प्रमुखमा ८ र उपप्रमुखमा ५ जनाको उम्मेदवारी परेको छ ।

नेपाली काँग्रेसका दिलीप प्रताप खाँण, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्ण खाँण, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नित्यानन्द तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ण बहादुर थापा क्षेत्री, जनता समाजवादी पार्टी, नेपालका टिकाराम रेग्मी र मंङ्गोल नेशनल अर्गनाइजेशनका सोम बहादुर गुरुङले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत नेपालीका अनुसार स्वतन्त्रमा राजेन्द्र प्रसाद गैह्रे र सोम बहादुर गुरुङले पनि नगरप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी कविता तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की खगीसरा थापा मागर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खगीसरा न्यौपाने र मंगोल नेशनल अर्गनाइजेशनकी जीन कुमारी गुरुङले उम्मेदवारी गर्दा गराउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय