अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२२ को शुभकामना सन्देश

२०७९ बैशाख १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १८ वैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)२०२२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुलुकको विकास र समृद्धिका लागि निरन्तर कार्यक्षेत्रमा खट्नुहुने सम्पुर्ण श्रमिकहरूप्रति म यस अवसरमा हार्दिक सम्मान व्यक्त गर्दछु । सुरक्षित कार्यथलो‚ उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ । संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको प्रयास गरिएको छ । वैदेशिक रोजगारी व्यवस्थापन, आन्तरिक रोजगारी प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, संगठन व्यवस्थापन र विस्तार तथा सामाजिक सुरक्षाको क्षेत्रमा पछिल्लो समय भएका नवीन कार्यहरुबारे यहाँहरु अवगत नै हुनुहुन्छ ।

सरकार, रोजगारदाता र श्रमिकले हातेमालो गर्दै उत्पादन र उत्पादकत्व वृद्धिमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता हो । स्वदेशमा कार्यरत श्रमिकहरूको अधिकारका लागि न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम कानूनको प्रभावकारी कार्यन्वयनका लागि सरकार प्रतिवद्ध छ । अधिकार प्राप्त राष्ट्रिय श्रम आयोग गठन गर्ने, श्रमिकका लागि अस्पताल बनाउने, श्रम कार्यालयहरु विस्तार गर्ने, औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रका श्रमिक सहित विदेशमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समावेश गर्ने, स्वदेश लागि तथा वैदेशिक रोजगारीमा श्रमिक पठाउन गन्तव्य मुलुकको आवश्यकता अनुसारको सीपयुक्त जनशक्ती तयार गर्ने सहितका योजना मन्त्रालयले अघि बढाएको छ । साथै वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता र श्रम सम्झौता नविकरणलाई पनि प्राथमिकता दिइएको छ । हाम्रो प्रयासमा यहाँहरुबाट निरन्तर साथ, सहयोग र सद्भाव पाउने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसले कामको सम्मान गर्ने संस्कृति विकास गर्न, श्रमिक अधिकार सुनिश्चित गर्न र मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ सवैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै पुनस् शुभकामना प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय