गल्याङ एफ. एम. दुई सातादेखि बन्द, संचालन हुन महिनौं लाग्ने

२०७९ बैशाख २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २१ बैशाख । बैशाख ८ गते हावाहुरी र बर्षा संगै परेको चट्याङ लागेर गल्याङ एफएमको प्रसारण अबरुद्ध भएको छ ।

गल्याङ सञ्चार प्रा.लि द्वारा सञ्चालित स्याङ्जाको गल्याङ नगरपालिकामा ३ गल्याङमा अवस्थित गल्याङ एफएम ९२.२ मेघाहर्जको प्रसारण दुई सातादेखि बन्द भएको छ । बर्षा र हावाहुरी संगै परेको चट्याङ लागेर एफएमको टास्मिटर जलेको एमएमका स्टेसन म्यानेजर केपि खनालले जानकारी दिनुभयो । टासमिटर पुरै जलेको हुँदा रिपियार गरेर संचालन हुने अवस्था नरहेको खनालको भनाइ छ ।

चट्याङका कारण एफएममा समस्य आएको र समस्य समाधानको लागि प्रयास भैइरहेको एफएमका कार्यवाहक अध्यक्ष भेमलाल अर्यालको भनाइ छ । एफएम छिट्टै संचालनमा आउने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय