स्याङ्जामा निर्वाचनको सम्पुर्ण तयारी पुरा, मतगणना स्थलमा तारबारदेखि सिसि क्यामेरा सम्म

२०७९ बैशाख २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,  २८ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सम्पुर्ण तयारी स्याङ्जामा पुरा भएको छ । मतदान स्थलमा मतदान अधिकृत, मतपत्र, मतपेटिका लगायतका सम्पुर्ण सामाग्री पुगेको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत बसन्त राज पौडेलले जानकारी दिनुभयो ।

११ वटा स्थानीय तह भएको जिल्लामा मतदान केन्द्र ३१८ र केन्द्र स्थल १९९ रहेका छन् । सबै मतदान केन्द्रको सुरक्षा ब्यबस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिनुभयो । सबै मतदातालाई ढुक्क मतदान गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

स्थानीय तहमै मतगणनाको तयारी गरिएको जिल्लामा मतगणना स्थलमा तारजाली, सिसि क्यामेरा समेत जडान गरिएको गल्याङ नगरपालिका मतदान अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय