गल्याङ नगरपालिकाको नगरप्रमुखमा गुरु प्रसाद भट्टराई विजय घोषणा हुन बाकी

२०७९ जेष्ठ २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २ जेष्ठ । गल्याङ नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेस उम्मेदवार गुरु प्रसाद भट्टराई विजय हुनुभएको छ । मतगणना चलिरहे पनि उहाँको जित सुनिश्चित भएको हो । ११ वडा रहेको नगरपालिकामा अन्तिम वडाको मतगणना चलिरहेको छ । जम्मा ४०९ मत गणना हुन बाकी रहदा ५४२ ले गुरु प्रसाद भट्टराई अगाडि रहेपछि भट्टराईको जित सुनिश्चित भएको हो । भट्टराईले ९३०६ मत ल्याउदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे “पारसले” ८७६४ मत प्राप्त गर्नुभएको छ ।

त्यास्तै उपमेयरमा नेपाली काङ्ग्रेस उम्मेदवार हेमा न्यौपानेले ८८६४ म ल्याएर ५० मतले अगाडी हुँदा उहाँका प्रतिस्पर्धी देबि थापाले भने ८८४३ मत प्राप्त गर्नुभएको छ । हाल मतगणना जारी छ ४०९ गणना बाकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय