गल्याङ नगरपालिका मेयर र उपमेयरमा काङ्ग्रेस उम्मेदवार विजयी

२०७९ जेष्ठ २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २ जेष्ठ  । गल्याङ नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार नगर प्रमुख र उपप्रमुखमा विजय हुनुभएको छ । नेपाली काङ्ग्रेस उम्मेदवार गुरु प्रसाद भट्टराईले ९६२१ म ल्याएर नगर प्रमुखमा विजय हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे ´पारस´ ले ८९२२ मत प्राप्त गर्नुभएको थियो । भट्टराईले ६९९ काे अन्तरमा विजय प्राप्त गर्नुभएको हाे ।

त्यस्तै नेपाली काङ्ग्रेस बाट उपमेयरकि उम्मेदवार हेमा न्यौपानेले ९११८ मत ल्याएर विजय हुँदा उहाँकि प्रतिस्पर्धी देबि थापा ९०५५ मत ल्याउनु भएको थियो । न्यौपानेले ६३ अन्तरमा विजय प्राप्त गर्नुभएको हाे ।

गल्याङ नगरपालिका निर्वाचित वडाहरु

१.मणि बस्याल नेपाली काङ्ग्रेस

२.अशाेक थापा नेकपा एमाले

३.कृष्ण भट्टराई नेपाली काङ्ग्रेस

४ .ढाकाराम न्याैपाने नेपाली काङ्ग्रेस

५. घनश्याम भट्टराई नेकपा एमाले

६.दिप गुरुङ (छिरिङ ) नेपाली काङ्ग्रेस

७. झबिलाल पाण्डे नेकपा एमाले

८. झिम बहादुर थापा नेकपा एमाले

९. नामदेव खनाल नेपाली काङ्ग्रेस

१०. मुक्ति खनाल नेपाली काङ्ग्रेस

११. दल बहादुर सिङ्जाली नेकपा एमाले

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय