फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

२०७९ जेष्ठ २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २ जेठ । फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

सुवेदीले  ३ हजार ३८६ मत प्राप्त गनुभएको छ भने उहाँको प्रति द्वन्दी नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत प्राप्त गर्नुभएको छ ।

त्यसै गरी गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई १५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी हुनु भएको हो ।

एमालेकी देउकुमारी गुरुङले ३ हजार ९७८ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले २ हजार ३७९ मत प्राप्त गर्नुभएको छ ।

फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा ८ हजार १३९ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि घनश्याम सुवेदी गाउँपालिकाको अध्यक्षमा विजयी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय