आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

२०७९ जेष्ठ ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३ जेठ । आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका विश्वनाथ पौडेलले नेपाली काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी हुनुभएको हो ।

पौडेलले  ५ हजार १७७ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका प्रेमराज पौडेलले ४ हजार ३५१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी गाउँपालिकाकाको उपाध्यक्षमा नेकपा एमालेकै सिता थापा विजयी हुनुभएको छ ।  एमालेकी सिता थापाले ५ हजार २७३ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले ३ हजार ८१७ मत प्राप्त गर्नुभएको छ ।

६ वडा वडा रहेको गाउँपालिकाको वडा नं १, २ ४ र ५ गरी चारवटा वडामा नेकपा एमालेका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं ३ र ६ मा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

पालिकाको वडा नं १ मा पवन काजी अधिकारी, २ मा कमल प्रसाद पाध्याय पौडेल, ४ मा सिह बहादुर क्षेत्री र ५ मा कृष्ण प्रसाद पनेरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षका उम्मेदवारहरु विजयी हुनुभएको छ ।

त्यसैगरी वडा नं ३  मा शेर बहादुर कार्की र ६ मा नविन ढकाल काँग्रेसका वडा अध्यक्षका उम्मेदवार विजयी हनुभएको छ ।

अधिँखोला गाउँपालिकामा १६ हजार २५० जना मतदाता रहेकोमा १० हजार ८२५ जनाले मतदान गरेका थिए ।  २०७४ को स्थानीय तह निर्वाचनमा पनि आँधिखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय