मै पनि एमाले, सही पनि एमाले गाउँने गायकको वडामा कांग्रेस विजयी

२०७९ जेष्ठ ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, ३ जेष्ठ ।  पाल्पाको रामपुर नगरपालिका वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दोवराज तिवारी (गोविन्द) निर्वाचित भएका छन् ।
सोमवार साँझ सम्पन्न वडाको मतगणना अनुसार तिवारी सहित सिङ्गो कांग्रेसको प्यानल विजयी भएको हो ।

तिवारीले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शंकर प्रसाद गौतमलाई २२ मतले पछि पार्दै तिवारी विजय भएका हुन् । वडा नं। ७ मा खसेको कुल २ हजार ८८ मत मध्ये तिवारीले १ हजार ३० मत र गौतमले १ हजार ८ मत प्राप्त गरेका हुन् । कांग्रेसबाट महिला वडा सदस्यमा देवी भण्डारी, दलित महिला सदस्यमा मिठु माया सुनार, खुल्ला वडा सदस्यमा खेमराज अधिकारी र मिन बहादुर सिंजाली निर्वाचित भएका छन् ।

यो वडा ‘सै पनि एमाले’, ‘मेरो देशै एमाले’ जस्ता एमालेको चुनावी प्रचार प्रसार गर्ने गीत गाएका चर्चित लोक गायक बद्री पंगेनीको वडा हो । २०७४ सालको निर्वाचन अगाडि सार्वजनिक ‘सै पनि एमाले’ अहिले पनि उत्तिकै लोकप्रिय छ । उनै पंगेनीको स्वरमा यसपाली सार्वजनिक एमालेको चुनावी गीत ‘मेरो देशै एमाले’ले पनि लोकप्रियता कायम गरेको छ ।

लामो समयदेखि काठमाडौंमा बस्दै आएपनि पंगेनी स्थानिय निर्वाचनमा मत खसाल्न आउने गरेका छन । अघिल्लो पटक पनि यो वडामा एमाले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय