अर्जुनचौपारीका अध्यक्षले ९५ वार्षिय वृद्ध बुबाबाट आशीर्वाद लिएर कार्यभार सुरु गरे

२०७९ जेष्ठ ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ५ जेष्ठ । अर्जुनचौपारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश तिवारीले ९५  वार्षिय वृद्ध  बुबाबाट  आशीर्वाद लिएर कार्यभार अगाडि बढाउनु भएको छ ।

बिहिवार सफथ लिनुपुर्व अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ केवरे फाटका वृद्ध बुबा बेद प्रसाद अर्यालबाट आशीर्वाद लिदै जनताको सेवा गर्नकै लागि पाएको यो जिम्मेवारी लाई अबका पाँच बर्ष तल्लीन भएका जनताको सेवामा लाग्ने तिवारीले बताउनुभयो ।

नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएपनि अब साझा भएर काम गर्ने तिवारीको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय