निर्माण व्यवसायी संघको चौधौं बार्षिकोत्सव तथा सातौं जिल्ला अधिवेशन सम्पन्न

२०८१ बैशाख ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, वैशाख ३१ । स्याङ्जा जिल्ला निर्माण व्यवसायी संघले चौधौं बार्षिकोत्सव तथा सातौं जिल्ला अधिवेशन शनिबार निर्माण व्यवसायी संघका अध्यक्ष बुद्धिमान शाहीको अध्यक्षतामा निर्माण व्यवसायी संघको भवनमा सम्पन्न भएको छ ।

कार्यक्रममा संविधान सभा सदस्य सांसद राजु थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै थापाले निर्माण व्यवसायी र सरकार अन्तर सम्बन्धित रहेको र एक अर्काको सहयोग बिना रहन नसक्ने जानकारी गराउनुभयो । निर्माण व्यवसायीले गुणस्तरमा ध्यान दिनुपर्नेमा उहाँले जाेड दिनुभयाे । त्यसै गरी सरकारले व्यवसायीका समस्या र लगानीका विषयमा ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो । निर्माण व्यवसायीका हक र हितका लागि एकजुट भई लाग्नुपर्ने सुझाब सहित निर्माण समितिको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन पाउदा खुशी व्यक्त गर्दै नयाँ कार्य समिति लाई बधाइ र शुभकामना समेत दिनुभयो।

कार्यक्रममा निवर्तमान गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले निर्माण व्यवसायीले काम गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने र समयमा नै सम्पन्न गर्नुपर्ने बताउनुभयो । त्यसै गरी काम सक्दा पनि सरकारले समयमा भुक्तानी नदिने समस्याले व्यवसायी मारमा पर्ने हुँदा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँदै सार्वजिक खरिद एनको नीति अनुसार ठूला व्यवसायी मुनाफामा रहेको र साना व्यवसायीहरु समस्यामा रहेको जानकारी पनि जनाकारी गराउनुभयो । पाँच वटा भन्दा बढी ठेक्का हाल्न नपाउने निर्णयले व्यवसायीलाई समस्या पारेको उल्लेख गर्दै खरिद एन संशोधन गर्नुपर्ने बताउनुभयो भने चौधौं बार्षिकोत्सवको शुभकामना दिँदै नयाँ कार्यसमितिलाई बधाइ र शुभकामना दिनुभयो ।

कार्यक्रममा वरिष्ट उपाध्यक्ष दिलीप कुमार बगालेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव हनिफ मियाले गर्नुभएको थियो । कार्यक्रममा पुतली बजार नगर प्रमुख तुलसीराम रेग्मी, केन्द्रीय सदस्य सूर्य श्रेष्ठ , गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंक बराल, कास्की जिल्ला अध्यक्ष लिल काजी गुरुङ्गको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाका एघार पालिका मध्य बाट एक एक जना संयोजक चयन गरिएको थियो । जस अन्तरगत चापाकोट नगरपालिका बाट रामचन्द्र पंगेनी, गल्याँङ्ग नगरपालिका बाट राजु भट्टराई, कालीगण्डकी गाउँपालिका बाट दुर्गा अधिकारी हुनुहुन्थ्यो । त्यसैगरी वालिङ्ग नगरपालिका बाट विवेक श्रेष्ठ, भिरकोट नगरपालिका बाट पिताम्बर श्रेष्ठ, अर्जुन चौपारी गाउँपालिका बाट युवराज गुरुङ्ग, पुतलीबजार नगरपालिका बाट सौजन गुरुङ्ग रहनुभएको छ । त्यसैगरी विरुवा गाउँपालिका बाट महेन्द्र थापा, हरिनाश गाउँपालिका बाट अनिल अधिकारी, आँधीखोला गाउँपालिका बाट रमेश शर्मा र फेदीखोला गाउँपालिका बाट नबराज थापा रहेको निर्माण समिति सदस्य सुनिल चापागाईंले जानकारी दिनुभयो ।

नया सदस्य अन्तर्गत अध्यक्षमा अर्जुन कुमार कार्की , वरिष्ठ उपाध्यक्षमा दिलीप कुमार बगाले, प्रथम उपाध्यक्ष्यमा हेमन्त कुमार मल्ल, उपाध्यक्षमा हनिफ मिया, महासचिवमा विष्णुप्रसाद पोखरेल, सचिवमा नारायण प्रसाद अधिकारी, कोषाध्यक्षमा महेश बहादुर थापा बाकी सदस्यहरुमा दुर्गा नारायण श्रेष्ठ, मनोज श्रेष्ठ , गौरव प्रधान, सुनिल चापागाईं , प्रेमनारायण डोटेल, भरत मल्ल , जगत प्रसाद कोइराला,कमला थापा, राजकुमार लामा, देवी प्रसाद रेग्मी रहनुभएको सदस्य चापागाईंले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय