पुतलीबजारमा नगर कार्यपालिकामा काँग्रेसका उम्मेदवार बिजयी

२०७९ जेष्ठ १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल 

स्याङ्जा १५ जेठ । पुतलीबजार नगर कार्यपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा नगर कार्यपालिकाको महिला, दलित वा अल्पसंख्यक आठै सदस्यमा काँग्रेसको पुरै टोली विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

महिला सदस्यमध्ये अनिता रुचाल, चिजा दर्जी, टोलमाया थापा, यशोदा देवी अर्याल र संजिता नेपाल अर्याल, दलित वा अल्पसंख्यकमध्ये केशव बहादुर घर्ती, भोज बहादुर कुमाल र श्रीप्रसादजि.टी कार्यपालिका सदस्यमा निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । पुतलीबजारमा अब नगर प्रमुख र उपप्रमुख सहित बहुमतको कार्यपालिका बनेको छ । २०७४ को स्थानीयतहको निर्वाचनमा प्रमुख र उपप्रमुख सहित एमालेले कार्यपालिका बनाएको थियो भने यो पटकको स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय