वालिङ नगर कार्यपालिकामा काँग्रेस र माओवादीका उम्मेदवार विजयी

२०७९ जेष्ठ १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १६ जेठ । वालिङ नगर कार्यपालिकामा नेपाली काँग्रेस र माओवादीका उम्मेदवार विजयी भएका छन् ।

आज भएको निर्वाचन नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्सख्यक आठै सदस्यमा नेपाली काँग्रेस र माओवादीको पुरै टोली विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । दलित वा अल्पसंख्यकमध्ये नेपाली काँग्रेसका लोक बहादुर कुमाल, हरिलाल विक र माओवादीका भक्त बहादुर गोतामे, महिला सदस्यमध्ये नेपाली काँग्रेसकी जुनु थापा, देवीमाया विक, भगवती पाण्डेय, युगमाया पंगेनी र सीता विक कार्यपालिकामा निर्वाचित हुन भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय