गल्याङ नगरपालिकामा एमाले उम्मेदवार विजयी

२०७९ जेष्ठ १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा ,१७ जेठ । आज भएको गल्याङ नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन ।

नगर कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा एमाले तर्फका चेतकान्त दमै,शशिधर विश्वकर्मा र सञ्जय परियारले ३२/३२मत प्राप्त गरि विजयी हुनुभएको हो ।भने उहाँका प्रतिस्पर्धि नेपाली काङ्ग्रेसका उम्मेदवार उत्तम बहादुर विश्वकर्मा , मनोज कुमार बि क ,बम बहादुर विश्वकर्माले २४/२४ मत प्राप्त गर्नुभएको थियोे ।

त्यस्तै नगरपालिकाको महिला सदस्यमा एमाले उम्मेदवार विजयी हुनुभएको छ । विजयी उम्मेदवार उमा कुमार  थापाले ३२ मत ,चन्द्रकला गौडेल ३२ मत,रेनु थापाले ३१ मत ,सावित्रा भुसाल ३१ मत र हिरा पाठक खनालले ३१  मत प्राप्त गर्नुभएको थियो भने उहाका प्रतिस्पर्धि नेपाली काङ्ग्रेसका उम्मेदवार चम्पा थापा , डोलमाया बस्याल र सरस्वती खनालले २५/२५ मत प्राप्त गर्नुभएको थियो भने सरिता विक र सुमित्रा सुनुवारले २४/२४ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा एक मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय