गल्याङ देखी चापाकोट सम्मको सडक निर्माण गर्न सांसद पाण्डेको आग्रह

२०७९ जेष्ठ २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा २४, जेठ । आजभएको बजेट बिनियोजनको सन्दर्भमा भएको प्रतिनिधिसभा वैठकमा प्रतिनिधिसभाका सदस्य मोहन पाण्डेले स्याङ्जाको गल्याङ देखी चापाकोट सम्मको सडक निर्माण गर्न आग्रह गर्नुभएको छ।

पाण्डेले गल्याङ देखी चापाकोटसम्मको सडक,स्याङ्जामा हवाई मैदान ,कालिगण्डकि मिर्मि ,बिर्घा हुँदै रुद्रबेणी सम्मको सडक कालोपत्रे गर्नुपर्ने भन्दै संसदमा आफ्नो धारणा राख्नुभएको थियो ।

पाण्डेले सिद्धार्थ राजमार्गमा विनियोजन भएको रकम कम भएको भन्दै सिद्धार्थ राजमार्गलाई बजेट थप्न पनि आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय