गल्याङका स्वास्थकर्मीलाइ एक दिने अभिमुखिकरण कार्यक्रम

२०७९ असार १, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १ असार । स्याङ्जा गल्याङ नगरपालिकाको आयोजनामा स्थानीय तहका स्वास्थकर्मीहरुलाइ आँखा,नाक,कान,घाँटी तथा मुख को स्वास्थ सम्बन्धि एक दिने अभिमुखिकरण तालिम गल्याङ नगरपालिका स्वास्थ शाखा प्रमुख गुनेन्द्र रानाको अध्यक्षतामा प्रमुख आतिथ्यमा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेको आतिथ्यमा गल्याङ नगरपालिका वडा न ३ गल्याङ हस्पिटल मा सम्पन्न भएको छ।

स्थानिय तहका स्वास्थकर्मिहरुलाइ आँखा,नाक ,कान,घाँटी तथा मुख को सम्बन्धी एक दिने अभिमुखिकरण तालिम गल्याङ नगरपालिका वडा ३ गल्याङ हस्पिटल मा १४ वटा स्वास्थ सस्थाहरु मध्ये स्वास्थ चौकी,उजअ, नगर अस्पताल ,आधारभुत स्वास्थ सेवा केन्द्र ,सहरी स्वास्थ केन्द्र ,आबद्ध स्वास्थ्यकर्मिहरुलाइ अभिमुखिकरण तालिम का प्रमुख प्रसिक्षक प्राथमिक स्वास्थ केन्द मालुङ्गा का डाक्टर सम्झना भन्डारी र सह प्रसिक्षक गल्याङ नगरपालिका स्वास्थ प्रमुख गुनेन्द्र राना ले दिनुभएको थियो ।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने ले स्वास्थ क्षेत्र मा गल्याङ नगरपालिका लाई सबल बनाउन को निमित्त समयमै उपचार गर्नको लागि आँखा,नाक,कान घाँटी,को उपचार लाई सामान्य नसम्झी नजिकै को स्वास्थ सस्था मा गइ उपचार गरि स्वस्थ गरनको लागि आग्रह गर्नु भएको छ । गल्याङ नगरपालिका १४ वटै स्वास्थ सस्था बाट स्वास्थकर्मिहरु ले रात दिन, भोक ,निन्द्रा नभनी उपचार को लागि खटिनु भएको मा हार्दिक धन्यवाद दिनुभएको छ । स्वास्थ नै धन हो भने नारा लाई मनन गर्दै सबै काम को लागि सबैभन्दा पहिले स्वास्थ ठिक हुनुपर्दछ भन्दै स्वास्थ को लागि नगर बाट पनि ठूलो पहल गर्ने कुरा अबगत गराउनु भएको छ ।

कार्यक्रम मा अध्यक्ष ता ग्रहण गर्नु भएका गल्याङ नगरपालिका का स्वास्थ प्रमुख यसै कार्यक्रम का सह प्रशिक्षक गुनेन्द्र राना ले स्वास्थ्य को बिसयमा मा आँखा,नाक , कान ,घाटिको समस्या ले भोलि अपाङ समेत हुन सक्ने हुदा समयमै बालबालिका देखि वृद्ध सम्मका सम्पुर्ण नागरिक लाइ समयमै उपचार गर्नु पर्ने कुरा बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय