बगनासकाली पाल्पा रुपन्देही एकता समाजको प्रारम्भिक भेला तथा अधिबेशन सम्पन्न

२०७९ असार १५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई
बुटवल, १५ असार । पाल्पा जिल्ला बगनासकाली गाउँपालिकामा जन्म भइ हाल बुटवललाई कार्यक्षेत्र बनाएका अथवा बसोबास गर्नेहरूको संस्था बगनासकाली पाल्पा रुपन्देही एकता समाजको प्रारम्भिक भेला तथा प्रथम अधिवेशन गत शनिबार बुटवल, योगिकुटीको एशियन होटलमा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बिर बहादुर रानाको प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष कोशल प्रसाद बस्यालको अध्यक्ष्यतामा तथा विशिस्ट अतिथी बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, अतिथिहरु वडा नं १ (चिर्तुङ्धारा)अध्यक्ष शेर बहादुर चिदी, वडा नं २ (पोखराथोक) अध्यक्ष तिर्थप्रसाद भट्टराई, वडा नं ३ (नायर) अध्यक्ष टीका थापा, वडा नं ४ अध्यक्ष (खानिछाप) जित बहादुर चौहान, वडा नं ५ (दर्लमडाँडा) अध्यक्ष ओम प्रकाश गैरे, वडा नं ६ (यम्घा) अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, वडा नं ७ खानीगाउँ अध्यक्ष गण बहादुर बुढाथोकी, वडा नं ८ (बराङ्दी) अध्यक्ष मोतीलाल बस्याल, वडा नं ९ (चापपानी) अध्यक्ष ठानेश्वर तिमिल्सिनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बगनासकाली गाउँपालिकाबाट रुपन्देहीमा जननिर्वाचित बुटवल उप–महानगरपालिका वडा नं १० बाट वडासदस्यमा निर्वाचित जनप्रतिनिधि रमेश प्रसाद अधिकारी, तिलोत्तमा नगरपालिका वडा नं १६ बाट वडासदस्यमा निर्वाचित जनप्रतिनिधि हुम बहादुर गाहा, ओमसतिया गाउँपालिका वडा नं १ बाट वडासदस्यमा जगत सोमई, ओमसतिया गाउँपालिका वडा नं ८ बाट वडासदस्यमा विनोद प्रसाद घिमिरे, देवदह नगरपालिका वडा नं ५ बाट महिला सदस्यमा सावित्रा पौडेल, तिलोत्तमा नगरपालिका वडा १६ सदस्य तथा रुपन्देही जिल्ला समन्वय समिति सदस्य ऋषिराम बस्याल एवम् संस्थाका आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो । निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा धन्यवाद मन्तव्य संस्थाका सचिव नारायण बस्यालले गर्नुभएको थियो।

संस्थाका वरिष्ठ उपाध्यक्ष कोशलराज भण्डारीको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा संस्थाका सल्लाहकार सुर्य प्रसाद देवकोटा, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, पाल्पा जिल्ला समन्वय समितीका सदस्य केशवराज खराल, बगनासकाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता टीका थापा, बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदीप कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

अधिबेशनले निम्न अनुसारको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको अध्यक्ष कोशल प्रसाद बस्याल, वरिष्ठ उपाध्यक्ष कोशलराज भण्डारी, उपाध्यक्ष रुक्मिणी देवकोटा, भरत गैरे र महेश खाम्चा, महासचिव हिमलाल न्यौपाने, सचिव नारायण बस्याल र लेखनाथ बस्याल, सहसचिव एकादेव बस्याल, कोषाध्यक्ष रुपा बस्याल र सह कोषाध्यक्ष लाल प्रसाद बस्याल (दिपक) रहनु भएको छ भने सदस्यहरुमा मायादेवि गौतम, कविता बस्याल, राम प्रसाद अर्याल, द्रोण प्रसाद गैरे, बिष्णु प्रसाद बस्याल, बसन्त थापा चर्ती, मान बहादुर खाम्चा, श्याम बहादुर मिथुन, श्याम बहादुर सोमै, कुल बहादुर सारु,गणेश न्यौपाने, लक्ष्मण बस्याल, बेम प्रसाद गैरे, शंकर न्यौपाने निर्वाचित हुनुभएको थियो। उक्त कार्यक्रम संचालन संस्थाका महासचिव हिमलाल न्यौपानेले गर्नुभएको कुरा संस्थाका उपाध्यक्ष भरत गैरेले हेर्ने कुरा अनलाइनलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय