सुनौलो हजार दिनका आमाहरू लाई अन्डा बितरण तथा पोषण प्रबर्द्धन कार्यक्रम

२०७९ असार १९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १९ असार । स्याङ्जा गल्याङ नगरपालिकाले सुनौलो हजार दिनका आमाहरूलाई कुखुराको अन्डा बितरण कार्यक्रम आजबाट सुरु गरेको छ । गल्याङ नगरपालिका का ११ वटै वडाका गर्बवती महिलाहरुलाइ प्रत्येक वडाका स्वास्थ चौकीमा लगेर एक एक सिट अन्डा बितरण गरिएको छ । यसै कार्यक्रम गल्याङ नगरपालिका स्वास्थ शाखा प्रमुख गुनेन्द्र रानाको सभापतित्वमा प्रमिख अतिथी गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपानेको आथित्यता गल्याङ नगरपालिका वडा न ११ तुलसिभज्याङ स्वास्थ चौकी बाट यो कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले स्वास्थ क्षेत्रमा गल्याङ नगरपालिका लाई सबल बनाउनको निमित्त समयमै उपचार गर्नको लागि गर्बवती महिलाहरुको स्वास्थ अवस्था राम्रो बनाउनको लागि यो अबस्थामा सामान्य नसम्झी नजिकैको स्वास्थ संस्थामा गइ उपचार गरि स्वस्थ रहनको लागि आग्रह गर्नु भएको छ । गल्याङ नगरपालिकामा रहेका स्वास्थ संस्थाबाट स्वास्थकर्मिहरुले पनि गर्बवती महिलाहरुको स्वास्थमा बढी ध्यान दिनको लागि पनि आग्रह गर्नुभएको छ । स्वास्थ नै धन हो भने नारा लाई मनन गर्दै सबै कामको लागि सबैभन्दा पहिले स्वास्थ ठिक हुनुपर्दछ भन्दै गर्बवती महिलाहरुले विशेष ध्यान दिएर आफ्नो स्वास्थको ख्याल गर्न अनुरोध गर्दै दुख अप्ठ्यारोमा सधैको लागि हामी छौ भन्दै स्वास्थ क्षेत्रको लागि नगर बाट धेरै कार्यक्रम गर्ने गरि अगाडि बढेका छौ यसको लागि तपाई हरुको साथ, सहयोग,सल्लाह , सुझाव सहित महिलाहरुलाइ सक्षम बनाउन साथै उज्ज्वल भबिस्य निर्माणको निम्ति सुझाब सल्लाह दिदै नगरबाट हुने साथ र सहयोग रहने कुरा प्रतिबद्ध गर्नु भएको छ ।

यसै कार्यक्रममा बिशिस्ट अतिथि गल्याङ नगरपालिका वडा न.११ का वडा अध्यक्ष दलबहदुर सिन्जालीले स्वास्थ्य नै सबै थोक हो भन्दै विशेष त गर्बवती महिलाको लागि शक्ति प्रदान गर्ने एउटा पोस्टिक तत्व अन्डा , फलफुल, दूध लगाएत का ताजा खानेकुरा खानुपर्छ । भने सुझाव दिनुभएको छ ।

कार्यक्रमकाे अध्यक्षता ग्रहण गर्नु भएका गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गुनेन्द्र रानाले स्वास्थ्यको बिसयमा आमा र बच्चा दुबै लाई स्वस्थ राख्नको लागि पोसण युक्त खाना खानुपर्छ । भने जनचेतना जगाउनको लागि हामिले यो कुखुराको अन्डा बितरणको काम ल्याएका छौ । र गर्बवती महिलाले ध्यान नदिएको खण्ड मा बच्चा अपाङ समेत हुन सक्ने हुदा समयमै उपचार गर्ने र पोसिलो खाना नियमित खानको लागि सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय