सामाजिक सुरक्षा कोषलाई सहयोग गरेकाे भन्दै,बी एण्ड सी हस्पिटल बिर्तामोडलाई श्रम मन्त्रालयको प्रसंशापत्र

२०७९ असार २०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ २० असार । सामाजिक सुरक्षा कोषलाई सहयोग गरेको भन्दै बी एण्ड सी हस्पिटल बिर्तामोड सहित देशका २६ हस्पिटललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी प्रसंशापत्र प्रदान गरेको छ ।

सामाजिक सुरक्षा कोषलाई विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गर्न आयोजना गरिएकाे कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले बी एण्ड सी हस्पिटल बिर्तामोड, मनमोहन मेमोरियल पुर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल झापा विर्तामोड, मेची दृष्टि आइ केयर अस्पताल एण्ड रिसर्च सेन्टर झापा बिर्तामोड, विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल प्रा. लि. मोरङ्ग टंकीसुनवारी बिराटनगर, नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा.लि. मोरङ्ग विराटनगर,हाम्रो अस्पताल प्रा.लि.मोरङ्ग विराटनगर,पशुपति मोडेल हस्पिटल प्रा.लि.सुनसरी इटहरी, छिन्नमस्ता एजुकेसनल एकेडेमी एण्ड मेडिकल कलेज सप्तरी राजविराज, नमुना सामुदायिक अस्पताल सर्लाही हरिवन, नेशनल मेडिकल कलेज प्रा लि पर्सा विरगञ्‍ज, विरगञ्‍ज हेल्थ केयर अस्पताल पर्सा विरगञ्‍ज, बिरगंज दृष्टि आई केयर सेन्टर पर्सा पावर हाउस चोक बिरगंज, कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज चितवन भरतपुर, युनिभर्सल कलेज अफ मेडिकल साइन्स रुपन्देही भैरहवा,लर्ड बुद्ध एजुकेसनल फाउन्डेसन नेपालगंज मेडिकल कलेज टिचिङ अस्पताल बाँके कोहलपुर, लर्ड बुद्ध एजुकेसनल फाउन्डेसन नेपालगंज मेडिकल कलेज टिचिङ अस्पताल बाँके नेपालगंज, शिर मेमोरियल अस्पताल काभ्रेपलान्चोक बनेपा,हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल काठमाण्डौ चाबहिल काठमाण्डौ, त्रि बि शिक्षण अस्पताल काठमाण्डौ महाराजगंज, काठमाण्डौ,बीर अस्पताल काठमाण्डौ ,अर्थोपेडिक अस्पताल काठमाण्डौ जोरपाटी काठमाण्डौ, दृष्टि आई केयर काठमाण्डौ कलंकी काठमाण्डौ,
काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पताल काठमाण्डौ सिनामंगल, काठमाण्डौपाटन अस्पताल ललितपुर, ग्यालेक्सी अस्पताल प्रा लि ,कास्की पोखरा अरनिको अस्पताल प्रा लि मोरङ्ग उर्लावारी लाई प्रसंशापत्र प्रदान गर्नुुभएको हो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ समेत गर्नु भएको हो । यो प्रणाली सुरु भएपछि योगदानकर्ताले स्वास्थ्य उपचारको लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाको निम्ति कागजातसहित कोष कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य हुने कोषले आशा व्यक्त गरेको छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना स्वास्थ्यसँग सम्बन्धित योजनाहरू यसमा पर्दछन् । योगदानकर्ताको सुविधालाई मध्यनजर गरी परीक्षणका रुपमा स्वास्थ्य संस्थामार्फत औषधि उपचार सेवा प्रारम्भ गरेकाले कोषबाट प्रदान गरिने स्वास्थ्य सुविधाहरू तोकिए बमोजिमका स्वास्थ्य संस्थामा गई प्राप्त गर्न सकिने कोषको भनाइ छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा बापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत र दुर्घटना बापतको सुविधा लिँदा शत प्रतिशत रकम नै कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी हुनेछ । कोषसँग १२६ अस्पतालहरूले एमओयू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय