लायन्स क्लव अफ बुटवल तिनाउको पद हस्तान्तरण

२०७९ असार २१, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल ,२१ असार । लायन्स क्लव अफ बुटवल तिनाउको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच बर्ष २०२१/२२ का अध्यक्ष भरत गैरेको सभापतित्वमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

बर्ष २०२२/२३ का अध्यक्ष इश्वर गिरि,प्रथम उपाध्यक्ष अरुण खनाल, दित्तिय उपाध्यक्ष कृष्ण बहादुर मगर, तृतीय उपाध्यक्ष अनन्त न्यौपाने उपाध्यक्षहरु सुदिप न्यौपाने, खुमराज खड्का, सचिवमा नारायण बस्याल, कोषाध्यक्ष बसन्त मिश्र चयन हुनुभएको छ। कार्यक्रममा क्लवस्तर चिफ सुस्मा केसी, रिजन चेयर पर्सन मिना भारि राजभण्डारि, चोन चेयरपर्सन चिरञ्जीवी अधिकारी, गुणाखर भण्डारी लगायत बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय