डा.गोबिन्द केसिका कारणले नेपालको मेडिकल क्षेत्र डामाडोल हुन लाग्यो : मेडिकल ब्यबसायी दुर्गा प्रसाईं

२०७९ असार २४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौँ, २४ असार । मेडिकल ब्यबसायी एवम् नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईंले डा.गोबिन्द केसीका कारण आएको चिकित्सा शिक्षा ऐनका कारण नेपालको मेडिकल क्षेत्र डामाडोल हुन लागेको बताउनुभएको छ ।

अबका केही बर्षमा नेपालमा नर्स लगायत डाक्टरको अभाव सिर्जना हुने भन्दै नेपालका ठुला ठुला मेडिकलले बिदेशी जनशक्ति ल्याएर संचालन गर्नुपर्ने अवस्था सिर्जना हुने उहाँले बताउनुभयो । हेर्ने कुरा डटकमसंग कुराकानी गर्दै उहाँले डा.गोबिन्द केसिकै कारण मेडिकल शिक्षाका नाममा बार्षिक ४६ अर्ब बिदेश जाने गरेको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो “नेपालमा मेडिकल शिक्षामा लगानी गर्न बन्द गरिएको छ । डाक्टर, नर्स पढ्न चाहनेहरु बिदेश जान थाले । नेपालको पैसा बिदेश तिर जान थालेपछि नेपालमा डलरको अभाव हुन थालेको हो ।” उहाँले अहिले नेपालमा डलर अभाव हुनुको मुख्य कारण मेडिकल शिक्षामा लगाइएको प्रतिबन्ध भएको बताउनु भएको छ । अहिले अलिअलि असर देखा परेपनी स्थिति यस्तै रहे अबको दुई बर्षमा नेपालमा डरल लगायत डाक्टर नर्स अभाव हुने समेत धारणा राख्नुभयो ।

पढेका बौद्धिक भनिएका ब्यक्ति वैदेशिका इशारामा चलेको हुँदा बिदेशकै इशारामा देशमा मेडिकल शिक्षा बन्द भएको उहाँको धारणा थियो । “मैले त निरन्तर भन्दै आएको थिए डाक्टर गोबिन्द केसिले उठाएका माग देशको हित विपरीत छन् भनेर तर हाम्रो कुरा कसैले सुन्ने प्रयास गरेन त्यसको असर देखिन थालेको छ अझै यसको असर अबका दुई बर्ष पछि देखा पर्छ ।” उहाँले हेर्ने कुरा डटकम लाई बताउनुभयो । डाक्टर गोबिन्द केसिका माग हेर्दा सुन्दा लोकप्रिय जस्ता लागे पनि बास्तबमा त्यस्तो नभएको उहाँको धारणा थियो । सबै नागरिकले समान शिक्षा पाउनुपर्छ, मेडिकल शिक्षा नेपालका सबै दुर दराजमा पुग्नुपर्छ भन्ने नारा साच्चिकै लोकप्रिय सुनिन्छ हामी पनि यहीँ चाहन्छौं तर यस्ता आदर्शवादी नाराले काम हुन नसक्ने उहाँले बताउनुभयो । भन्दा काठमाडौमा मात्रै केन्द्रित भयो मेडिकल शिक्षा अब काठमाडौ भन्दा बाहिर पनि जानुपर्छ भनेर प्रचार गरियो तर वास्तवमा त्यसो नभएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “काठमाडौमा मेडिकल कलेज धेरै भए देशका दुर दराजमा लैजान आन्दोलन गरिएको हो भनेर प्रचार गरियो तर काठमाडौ भन्दा बाहिर झापामा खोल्न खोजिएको मेडिकल कलेज समेत खोल्न दिइएन । म दस बर्ष देखि मेडिकल कलेज काठमाडौ भन्दा बाहिर झापामा खोल्न पाउ भन्दै चिच्याइ रहेको छु ।”

बिदेशीले शक्ति नेपाल ध्वस्त पारिसकेको भन्दै नेपालमा लगानीको कुनै वातावरण नभएका कारण अब छिट्टैनै नेपाल बाट ५० ÷५५ ठुला ब्यापारी र ५ जना ठुला नेता बिदेश पलायन हुन लागेको रहस्य समेत उहाँ व्यक्त गर्नुभयो । नेपाल श्रीलंकाको दिशातिर अगाडि बढेको समेत उहाँले संकेत गर्नुभयो । उहाँले भन्नुभयो “नेपालमा लगानी गर्न पाउ भन्दै १० बर्ष सम्म कराए तर कसैले सुनेनन् । जे गर्छु नेपालमै गर्छु भन्ने थियो तर अब सकिएन त्यसैले अब दुबईमा मेडिकल कलेज खोल्ने तयारी गरेको छु ।” जे गर्छु नेपाल मै गर्छुू भन्ने थियो अब त्यसो रहेन अब जे गर्छु नेपाल र नेपालीका लागि गर्छु । भन्ने अवधारणा स्वरुप दुबईमा मेडिकल खोल्ने तयारी गरेको उहाँको भनाइ थियो । निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएको भन्दै चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका भएको उहाँको धारणा थियो । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ । १०० शय्याको अस्पताल बनाउन नसकेका कलेज बन्द हुने भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “उनीहरूले गत वर्ष विद्यार्थी भर्ना गर्न पाएनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेज बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् ।”

सीटीईभीटीको मापदण्ड अनुसार ५० र १०० शय्याको अस्पतालसँग सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेका ती शैक्षिक संस्थाले ऐनमा भएको १०० शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्थाले भर्ना लिन नपाएको उहाँको भनाइ थियो । उहाँले गत वर्षको भर्ना रोकिएको र यो वर्षमा पनि रोकिने निश्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो “ एक कलेजले ४० जना विद्यार्थी पढाउँछ । जसमा ४ जना पूर्ण छात्रवृत्ति र ३६ जना शुल्क तिरेर पढ्दै आएका थिए । यसरी निजी शिक्षण संस्थाहरूले हरेक वर्ष ३१२ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएका थिए । ती विद्यार्थीलाई सरकारले पढाउनुपर्ने भएमा ८ वटा कलेज खोल्नुपर्ने थियो ।” यसरी कलेज बन्द हुँदा हरेक वर्ष ३ हजार १२० जना विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएको उहाँको भनाइ थियो । भर्ना रोकिएपछि चार हजार ६९३ जनाको रोजगारी गुमेको छ । जसमा मास्टर डिग्री गरेका ७८ जना नर्स, ब्याचलर डिग्री गरेका ८८० नर्स, पीसीएल नर्सिङ तथा पारामेडिकल एक हजार ३७० जना, प्रशासनिक कर्मचारी एक हजार ७५ जना र सपोर्ट स्टाफ एक हजार २९० जनाको रोजगारी गुमेको हो । अबको दुई वर्षभित्रमा ती नर्सिङ शिक्षण संस्थामा कार्यरत सबैको रोजगारी गुम्ने स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका अध्यक्ष डा नेत्रराज चटौत बताउनुभयो । उहाँले भन्नुभयो “अहिले पहिलो वर्षमा पढाउने शिक्षक हटाइसक्यौँ । त्यस्तै प्रशासनिक कर्मचारी, ड्राइभर, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायतका कर्मचारी कटौती गर्दै आएका छौँ ।”

अब दोस्रो र तेस्रो वर्षमा पढाइरहेका शिक्षक, कर्मचारीलाई पनि पढाई सकिने बित्तिकै जागिर छोड्न भनिसकेको उहाँको भनाइ थियो । यो विषयमा राज्यले आफूहरूको गुनासो नसुनेको उहाँको आरोप छ । राज्यसँग कुरा गर्दा राज्यलाई डा. गोविन्द केसीसँग डर रहेको उहाँको पनि भनाइ थियो । उहाँले भन्नुभयो “राज्यसँग कुरा गर्दा राज्यलाई पनि डा गोविन्द केसीको डर छ । यदि उनीहरूलाई बन्द नगराएर भर्ना लिन खोज्यो भने गोविन्द केसी फेरि आमरण अनसनमा बस्छन् भन्ने डर सरकारमा छ । जसले गर्दा यो विषयमा सरकार सकारात्मक भए पनि भर्ना गर्न दिने अवस्थामा छैन ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय