‘बागमती सभ्यता’का कर्मचारीमाथि आक्रमण गर्ने घिसिङ पक्राउ

२०७९ असार २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २७ असार ।

बागमती नदीभित्र हुने अनधिकृत कामको बारमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् । लामो समयदेखि बागमती नदी किनारामा अनधिकृत रूपमा फोहोर संकलन बनाउँदै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका एक कर्मचारीलाई कुटपिट गरेर टाउको फुटाएका हुन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आयोजनाको काम नै अवरोध पुर्‍याउने गरी फोहोर संकलन केन्द्र नराख्न तीन पटक पत्राचार गरिसकेको छ । तर घिसिङले दादागिरी देखाउँदै समितिको पत्राचारलाई अटेर गर्दै आएका छन् ।

नदी किनारामा फोहोर संकलन केन्द्र सञ्चालन गरेर लाखौँ कमाऊ धन्दा चलाउँदै आएका छन् । अनधिकृत रूपमा फोहोर संकलन स्थापना गरेर स्थानीयलाई समेत धम्की दिँदै उनले बागमती कोरिडोर क्षेत्रबाट फोहोर उठाउने कामलाई जारी नै राखेका छन् ।

सोमवार दिउसो नियमित अनुगम गर्ने क्रममा समितिको क्विक रेस्पोन्स टिममा सहभागी बलराम श्रेष्ठमाथि कुटपिट गरेर टाउको फुटाइदिएका छन् । उनले काममा हिँडेका समितिका कर्मचारीमाथि बाटोमा हिँडिरहेको अवस्थामा एक्कासि कुटपिट गरेर टाउको फुटाएको पीडित बलराम श्रेष्ठले बताए ।

उनले भने,‘हामी नियमित अनुगमनमा गएका थियौ, मैले फोहोर संकलन स्थलको फोटो खिच्न लागेको थिए, त्यही बेला म माथि एक्कासि मुक्का प्रहार भयो ।’ घिसिङको आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाका लगाइएको छ ।

श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी परिसर बौद्धको हिरासतमा राखिएको छ । घिसिङले दादागिरी देखाएर नदी किनारामा फोहोर संकलन केन्द्र बनाउँदा बागमतीको ब्युटिफिकेसनको काममा समेत असर पुगेको समितिले जनाएको छ ।

उनले राजनीतिक दलका नेताहरूलाई आफ्नो पक्षमा पादै फोहोरको डनको रूपमा सरकारको कामलाई समेत अवरोध सृजना गर्दै आएको समितिका एक कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय