वालिङमा महिला नेतृत्व विकासको लागि सहकार्य गर्न तयार छौँ –अष्टेलियन राजदुत भल्क

२०७९ असार २९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा, २९ असार । नेपालका लागि अष्टेलियन राजदुत फेलोसिटी भल्कले महिला नेतृत्व विकासको लागि सहकार्य गर्न अष्टेलिया तयार रहेको बताउनुभएको छ ।

वालिङ नगरपालिकाले असार २८ गते आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत भल्कले महिलाहरुलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउन सके स्थानीय सरकारको सफलता देखिने बताउनुभएको हो । उहाँले अष्टे«लिया सरकार र नेपालका विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरुले सफलता पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

नागरिकको समृद्धिको लागि विचार तथा कार्यगत योजनाहरुको पारस्परिक रुपमा लेनदेन हुन आवश्यक रहेको उल्लेख गर्दै राजदुत भल्कले अष्टेलियाका विभिन्न स्थानीय तहहरुमा पनि वालिङ नगरपालिकाले लागू गरेका विकासका मोडेलहरु अवलम्बन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले नगरपालिकामा नयाँ जनप्रतिनिधिको रुपमा निर्वाचित भएको छोटो समयमा नै नेपालका लागि अष्टे«लियन राजदुतसँग साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले यस्ता भेटघाटले शिष्टाचार सम्बन्ध र दिगो मित्रतामा बिकासको क्षेत्रमा थप टेवा पुग्ने उल्लेख गर्नुभयो ।

वालिङ नगरपालिका र दी एसिया फाउण्डेशनबीच सम्झौता भई सञ्चालनमा रहेको स्थानीय सरकार सबलीकरण कार्यक्रमले नगर विकासको लागि सहयोग पुगेको उल्लेख गर्दैे आगामी दिनमा यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो । साथै भल्कले वालिङ नगरपाकिाले गरेका फोहोरमैला व्यवस्थापन, कोभिड–१९ प्रभावितहरुको व्यवस्थापन लगायतका विषयमा जानकारी लिनुभयो । नागरिकको सेवा प्रवाहलाई सहज बनाउन मोबाइल एप्स तथा सुचना प्रविधिको प्रयोगलाई महत्व दिनुप्रने उहाको भनाई रहेको थियो । राजदुत भल्कले वालिङ नगरपालिकाले सञ्चालन गरेको इनोभेशन सेन्टर,फोहोरमैला व्यवस्थापन केन्दको समेत अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय