विकासको साझा यात्रामा सधै लाग्ने छु : नगर प्रमुख भट्टराई

२०७९ असार ३०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

टिकाराम अधिकारी 

स्याङ्जा, ३० असार । गल्याङ नगरपालिकाको विकास निर्माणको साझा यात्रामा आफू हातेमालो गरेर अगाडि वढ्ने कुरा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभएकाे छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.१ रामदी स्थित रामनदी धाम संस्कृत गुरुकुलम्को तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले यस्ताे कुरा बताउनुभएकाे हाे  ।

हाम्रो भाषाको उत्पत्ती संस्कृत भाषाबाट भएको बताउदै संस्कृत भाषा सगै हाम्रो संस्कृति संरक्षण गर्ने अभियानमा गुरुकुलले खेलेको भूमिका प्रशंसनीय रहेको र ६८ जना विद्यार्थीहरुले संस्कृत अध्ययान गर्नु राम्रो पक्ष भएको बताउँदै त्यसका लागि सधै साथ सहयोग रहने कुरा बताउनुभयाे ।

रामदीको विकासका लागि गुरु योजना निर्माण गरेर अगाडि वढेको र शबदहन स्थल निर्मााण्का लागि डिपिआर गर्ने र त्यसको निर्माणका लागि बजेको व्यवस्थापनका लागि प्रदेश र संघ सरकारसंग समन्वय गर्ने कुरा बताउनुभयाे ।

नगर प्रमुख भट्टराईले भन्नुभयाे “हाम्रो धर्म संस्कार संस्कृतिको जर्गेना गर्दै रामनदी धाम रामदीलाई नेपालको बनारस र काशी जस्तै गरि विकास गरेर अगाडि वढ्ने साथै सुविधा सम्पन्न स्वास्थ्थचौकी निर्माण खानेपानी, प्रहरीचौकीको स्तरउन्नती,बहुउदेश्यीय भवन निर्माण, कृषि पर्यटन क्षेत्रको विकास निर्माण अभियानमा म र नगरपालिका निरन्तर लाग्ने छाै ।”

कार्यक्रममा वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता गैह्रेले गण्डकी प्रदेशको मुख्यद्वार रामदी भएकाले यहाँको विकास निर्माण गरेर देश तथा विदेशबाट पर्यटक ल्याउन सकिने र आयआर्जन गर्न सकिने भएकाले त्यस तर्फ आफूहरुको ध्यान गएको बताउनुभयाे । उहँले भन्नुभयाे “राम्दीको विकासका लागि हामी सबै जिल्लाबासी तथा छिमेकी जिल्लाहरुको साथ र सहयोगले अगाडि वढ्न आवश्यक छ ।”

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.१ का वडाअध्यक्ष मणि प्रसाद वस्याल, राम माविका प्रअ डोलराज वस्याल,गुरुकुलका प्रअ कृष्ण प्रसाद वस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । रानदीधाम संस्कृत गुरुकुलम् व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवपानन्द महाराजको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मण भण्डारीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार