दुबईबाट ल्याएको अबैध सुनसहित विमानस्थलमा नागरिक पक्राउ

२०७९ श्रावण १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ , १२ साउन । दुबईबाट सुन लिएर नेपाल आएका एक नागरिक त्रिभुवन विमानस्थलबाट बुधबार पक्राउ परेका छन् ।

फ्लाई दुवइ मार्फत नेपाल आएका भारतिय नागरिक युसुफ हारुनको साथबाट करिब १६१० ग्राम अबैध सुन बरामत गरिएको त्रिभुवन विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र घर्ती क्षेत्री जि सि ले जानकारि दिनुभयो । शङ्कास्पद गतिविधि देखिएका हारुनको ज्यान खोत्तलासि गर्दा लगाएको भित्री बस्त्रमा सेतो रङ्गको अन्डरवयर प्लास्टिक भित्र अर्धठोस सुनको पोका दुई थान  अन्दाजी १६१० ग्राम प्लास्टिक सहित  पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक जि.सी. ले जानकारी दिनुभयो ।

हारुनलाइ आवश्यक अनुसन्धान एवम कारवाहिका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय