स्याङजामा बिद्याथीलाई हेन्डीङ मेसीन तथा अक्षयकोषका लागी ५१ हजार सहयोग

२०७९ भाद्र २२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङजा,२२ भदाै । स्याङजाको गल्याङ नगरपालीका ३ मा रहेको भानुभक्त माबिको प्राङगणमा बुधवार बिद्याथीलार्ई हेन्डीङ मेसीन तथा अक्षयकोषका लागी ५१ हजार सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सभापती बिद्यालय ब्याबस्थापन समितीका अध्यक्ष यज्ञ प्रसाद अर्याल रहनु भएको थियो। भने प्रमुख अतिथी नगर प्रमुख गुरु प्रसाद भट्टराई बिशिष्ठ अथिती उप मेयर हेमा न्यौपाने त्यसैगरी नगर पालीका शिक्षा साखा प्रमुख केदार आचार्य गल्याङ नगरपालीका ३ वडा अध्यक्ष कृष्ण भट्टराई , समाजसेवी महेश भट्टराई तथा अक्षयकोस दाता रमाकान्त न्यौपाने लाई आसन ग्रहण गराईएको थियो । कार्यक्रममा स्वागत मन्तब्य बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद अर्यालले गर्नु भएको थियो । उहाले बिद्यालयकोे गुणस्तर सुधारमा आफु तत्पर रहेको उल्लेख गर्नुभएको थियो ।

यसैगरी लक्ष्मण भट्टराईले बिध्यालय को सुरुवाती अबस्थाको बारेमा ब्याख्या गर्नुभएको थियो । भने गल्याङ नगरपालीका ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बिद्यालयको हरेक क्षेत्रमा आफु सहयोग गर्न तयार रहेको भन्दै दुईलाख रुपैया बिद्यालयलाई छुट्टायको जानकारी दिनुभयो । कार्यक्रममा गल्याङ नगरपालीका प्रमुख गुरु प्रसाद भट्टराईले बिद्यालयम हुने हरेक कृयाकलाप मा र शैक्षिक गुणस्तरको लागी तत्पर रहेको साथै बताउनुभयोे ।

उप मेयर हेमा न्यौपानेले बिद्याथीलाई आबश्यक पर्ने हेन्डीङ मेसीन उपलब्ध गराउनु भयको थियो । अक्षयकोष सहयोगार्थ रगुनाथ न्यौपानेले पिता दामोदर न्यौपाने र माता पेमा न्यौपानेको संझनामा रु ५१ हजार सहयोग गर्नु भएको थियो ।
कार्यक्रमको संन्चालन बिद्यालयका प्रअ रामाकान्त पाठकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार