सिकेको सीपलाई व्यवहारमा उर्तान सकेमात्रै शिक्षा प्राप्त गर्नु हो : नगर प्रमुख भट्टराई

२०७९ भाद्र २३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

टिकाराम अधिकारी

स्याङ्जा, २३ भदौ । सिकेको सीपलाई सकरात्मक तबरले व्यवहारमा उतार्न र हामी सभ्यता सिक्यौ र सिकाउन सकियो भनि मात्रै शिक्षा प्राप्ती मन्न सकिने कुरा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।

गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस मूल समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो । नगर प्रमुख गुरु प्रसाद भट्टराई शैक्षिक प्रमाण पत्र प्राप्त गर्नुलाई मात्रै शैक्षिक उपलब्धी मान्न नसकिने बताउदै उसले सिकेको सीपलाई व्यवहारमा उर्तानुपर्ने र त्यसले व्यक्तिको जीवन गुणस्तरीय बन्न सके मात्रै हामीले अन्तराष्ट्रिय साक्षरता दिवस एवम् राष्ट्रिय शिक्षा दिवस मनाएको सार्थकता हुने कुरा बताउनु भयो ।

उहाँले भन्नु भयो मेयर एक्लैले मात्रै केहीगर्न नसक्ने र सबैको साथ सहयोगले मात्रै शिक्षामा आमूलपरिर्वतन ल्याउन सकिने भएकाले सबैले आफ्नो आफ्नो ठाउँबाट गल्याङ नगरपालिको शैक्षिक विकासका लागि अगाडि वढ्नु पर्ने कुरा बताउनु भयो । नगर प्रमुख भट्टराईले भन्नु भयो गल्याङ नगरको समग्र शिक्षाको विकास गर्दै आगामी दिनमा व्यवसायीक उत्पादनमा जोड्दै दक्ष जनशक्तिद्वारा उत्पादित दक्षजनशक्तिले विश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने गरि अगाडि बढ्ने कुरा बताउनु भयो ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई,सामाजिक विकास समिति संयोजक धनश्याम भट्टराई, नगर शिक्षा समिति सदस्य लेखनाथ चापागाई, सम्मानितहरुको तर्फबाट प्रेम बन्धु सुबेदी धन्याद मन्तव्य द्रर्बेन्द्र देब खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नगरस्तरीय हाजिरजवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता तथा नगरको शैक्षिक उपलब्धीमा महत्वपूर्ण योग्दान पु¥याउनु शिशु सहजकर्ता,शिक्षक शिक्षिका, प्रधानाध्यापक, उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समिति, सेवा निवृत शिक्षकहरु, शिक्षाप्रेमीलाई सम्मान तथा विविध सांस्कृतक कार्यक्रमको समेत प्रस्तुत गरिएको थियो ।

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यले र कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमाल भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार