मुक्तिनाथ बैंक वालिङको वित्तीय साक्षरता

२०७९ भाद्र २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २७ भदौ । मुक्तिनाथ विकास बैंकको वालिङ शाखाले शाखामा आबद्ध महिला सदस्यलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले संचालन गरेको लद्युवित्त बैंकिङ् सेवा मार्फत कर्जा लिएका महिला सदस्हरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका लद्युवित्त बैंकिङ् प्रमुख शर्मिला लम्सालले लद्युवित्त मार्फत महिलाहरुको आयआर्जनमा टेवा पु¥याउन बैंकले ठूलो रकम लगानी गरेको बताईन् । बैंकको ऋण लगानीमा महिलाहरु स्वरोजगार बन्न समेत सफल भएको उनले बताईन् ।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दामोदर तिवारीले महिलाहरु स्वरोजगार बन्दा समाज आर्थिक रुपमा अनुसाशित बन्ने गरेको जिकिर गर्दै महिलाहरु मार्फत हुने गरेको बचत दिगो हुने गरेको बताए ।

वित्तीय साक्षरतामा बैंकका उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नबिन काफ्ले र अनुगमन अधिकृत बालकृष्ण रेग्मीले मुक्तिनाथ बैंकले खास गरी महिलालाई प्राथमिकतामा राखेर वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको बताए । उनीहरुले वित्तीय साक्षरता मार्फत आयआर्जनमा बृद्धि र बचत गर्ने बानीमा विकास भएको दाबी गरे ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले महिलाले नेतृत्व गरेको काममा आर्थिक लगानीले प्रतिफल दिएको बताए । महिलाको आर्थिक विकासमा लद्युवित्त विभागले पु¥याएको योगदानको चर्चा गर्दै देशभर लाखौलाख महिलाहरु स्वरोजगार बन्न सफल भएको उनीहरुको भनाई थियो ।

महिला समूह सदस्य गंगाकुमारी शर्माको अध्यक्षतामा भएको वित्तीय साक्षरता कार्यक्रमको संचालन राधाकुमारी पराजुलीले गरेकी थिईन् । वालिङस्थित पतञ्जली योग शिविर भवनमा सम्पन्न कार्यक्रममा स्वागत बैंकका शाखा प्िरमुख सुन्दर श्रेष्ठले गरेका थिए भने बैंकको प्रतिवेदन विभागका वालिङ प्रमुख मेघराज ढकालले प्रस्तुत गरेका थिए ।

मुक्तिनाथ विकास बैंकको वालिङ शाखा मार्फत महिला सदस्यहरुलाई १९ करोड बढि ऋण लगानी रहेको बैंकले जनाएको छ । लद्युवित्त बैंकिङ्मा ३ हजार १ सय ८ महिला सदस्य रहेको बैंकको वालिङ, गल्याङ् तथा चापाकोट नगरपालिकासँगै बिरुवा र हरिनास गाउँपालिका कार्य क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार