स्याङ्जाको बयरघारीमा मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

२०७९ भाद्र २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २७ भदौ । स्याङ्जाको बयरघारीमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकको लद्युवित्त शाखा अन्र्तगत गठित महिलाहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

वित्तीय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै भीरकोट नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले लद्युवित्त वित्तीय संस्थाको प्रक्रिया पुरा गरेर ऋण लिएका महिलाहरुले तोकिएकै क्षेत्रमा लगानी गरे स्वरोगार बन्न सक्ने बताउनुभयाे ।  उहाँले एउटै व्यक्तिहरुले दुई चार जनाको नाममा कर्जा लिने परम्पराले लद्युवित्त क्षेत्रमा समस्या सृजना भएको बताउनुभयाे।

कर्जा वा ऋण लिदा स्वरोजगार मुलक क्षेत्रका नाम लिएपनि लगानी अन्यत्रै हुँदा समस्या बढेको बताउँदै नगर प्रमुख कर्माचार्यले तोकिएकै क्षेत्रमा लगानी गरे सुरक्षित हुने बताउनुभयाे । लद्युवित्त वित्तीय संस्थाले नेपालमा महिललाई स्वरोजगार बनाउन सफल भएको उहाँले दाबी गर्नुभयाे ।

वित्तीय साक्षरता कार्यक्रममा भीरकोट नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्यामकाजि अधिकारी, बैंकका उपक्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नबिन काफ्ले र अनुगमन अधिकृत बालकृष्ण रेग्मीले महिलाको आर्थिक विकासमा लद्युवित्त संस्थाले खेलेको भूमिकाका बारेमा बोल्नुभयाे।

महिलाहरुको आर्थिक विकासमा योगदान पु¥याउन स्थापना भएका संस्थाप्रति पछिल्लो समय नकारात्मक टिकाटिप्पणी हुने गरेको तर्फ चिन्ता व्यक्त गर्दै उहाँहरुले वित्तीय संस्थाबाट लिएका कर्जालाई सदुपयोग गर्न आग्रह गर्नुभयाे। कर्जाको सहि सदुपयोग हुन नसक्दा समस्या बढेको उहाँहरुको भनाई थियो ।

बैंक अन्र्तगत गठित महिला समूहका सदस्य सुनिता खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन साधना पौडेलले गर्नुभएकाे थियाे। वित्तीय साक्षरता कार्यक्रममा स्वागत बैंकका शाखा प्रमुख केशबराज अर्यालले गर्नुभएकाे थियाे भने शाखाको प्रतिवेदन सुर्यप्रसाद पंगेनीले प्रस्तुत गर्नुभएकाे थियाे ।

मुक्तिनाथ विकास बैंकको लद्युवित्त विभाग अन्र्तगत बयरघारी शाखामा झण्डै १८ करोड ५० लाख महिला समूहमा लगानी भएको बैंकले जनाएको छ । बैंकको बयरघारी शाखाले हाल भीरकोट, वालिङ र पुतलीबजार तथा पर्वत जिल्लाको पयुँ गाउँपालिकामा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार