मुक्तिनाथ विकास बैंक गल्याङको वित्तीय साक्षरता

२०७९ भाद्र २८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा २८ भदौ । मुक्तिनाथ विकास बैंक गल्याङ् शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकको शाखा अन्र्तगत गठित महिला सदस्यहरुको सहभागितामा गल्याङ्स्थित मगर भवनमा वित्तीय सारक्षता कार्यक्रम सम्पन्न भएको हो ।

वित्तीय साक्षरता कार्यक्रममा बोल्दै गल्याङ् नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराई मुक्तिनाथ विकास बैंकले लद्युवित्त मार्फत आर्थिक क्रान्तिमा महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो । लगानी अनुसारको प्रतिफल पाउन महिलाहरुले स्वरोजगारका क्षेत्रमा काम केन्द्रित गर्नुपर्ने उहााले बताउनुभयो ।

बैंकका क्षेत्रिय तथा उप–क्षेत्रिय कार्यालय समन्वय प्रमुख बाबुराम ढकाल, गल्याङ् नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले महिलाका नाउमा लिने ऋण पुरुषहरुले अन्तै खर्च गर्दा लद्युवित्त क्षेत्रमा समस्या आएको सुनाउनुभयो । उहाँीहरुले महिलाका नाउमा लिएको ऋण महिलाहरुकै अगुवाईमा लगानी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

बैंकका शेयर सदस्य नबिन ढकाल र अनुगमन अधिकृत बालकृष्ण रेग्मीले लद्युवित्त मार्फत बैंकले प्रबाह गरेको सेवाका बारेमा बोल्नुभएको थियो । उहाँहरुले लगानीलाई आयआर्जनका क्षेत्रमा लगानी गर्न महिला सदस्यहरुलाई सुझाउनुभयो ।

बैंकले महिला स्वरोजगारका लागि प्राथमिकतामा राखेर लगानी गरेपनि अपेक्षाकृत नतिजा नआएकोमा चिन्ता व्यक्त गर्दै ऋण लिने समयमा महिलाहरु सक्रिय भएपनि प्रतिफल दिने सबालमा अल्छी बनेको बताउनुभयो । लिएको ऋणको प्रतिफल दिन महिला सदस्यहरु सक्रिय बन्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका विपिन कार्कीले मुक्तिनाथ कृषि कम्पनीले प्रबाह गर्ने सेवाका बारेमा बोल्नुभएको थियो । कृषि क्षेत्रमा लगानी गर्न आर्थिक अभाब भएमा जोसुकैलाई बैंकले लगानी गर्ने जानकारी दिनुभयो।

बैंकको शाखा अन्र्तगत गठित महिला समूह सदस्य प्रतिमा भट्टराईको अध्यक्षमा सम्पन्न वित्तीय साक्षरता कार्यक्रमको संचालन हरि बश्यालले गर्नुभएको थियो भने स्वागत तथा शाखाको प्रतिवेदन अञ्जु श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो् ।

गल्याङ् नगरपालिका र आसपासका क्षेत्रमा सेवा प्रबाह गरेको बैंकले समूहमा आबद्ध महिला सदस्यलाई करिब १२ करोड ऋण लगानी गरेको छ । बैैंकले १ सय ५३ महिला समूहमा आबद्ध झण्डै २ हजार सदस्यहरुलाई ऋण लगानी गरेर महिलाहरुलाई स्वरोजगारमा आबद्ध बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार