मुक्तिनाथ बैंकको फेदीखोलामा वित्तीय साक्षरता

२०७९ भाद्र ३०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ३० भदौ । मुक्तिनाथ विकास बैंक फेदीखोला शाखाले आयोजना गरेको वित्तीय साक्षरता सम्पन्न भएकाे छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले कमाएर मात्रै नभएर बचत गर्ने बानीको विकास गर्न महिलाहरुलाई आग्रह गन्नुभएको छ । उहाँले मान्छेले कमाएर मात्रै नभएर बचत गर्ने बानीको विकास भएमात्रै धनी बन्न सकिने बिचार व्यक्त गर्नुभएको छ ।

मानिसमा आधुनिकतासँगै दैनिक खर्चको दर बढेको बताउँदै बैंक प्रमुख पोखरेलले खर्चको दर बढ्दै गएपनि त्यसलाई नियन्त्रण गरेर बचत गर्ने बानीको विकास गर्नुको विकल्प नरहेको सुनाउनुभयो । फजुल खर्चलाई नियन्त्रण गर्दै बचत गर्ने बानीको विकास गरेमात्रै आर्थिक प्रगति हुने पोखरेलको भनाई थियो ।

लद्युवित्त क्षेत्रमा बैंकले चर्को ब्याज लिने गुनासो आईरहेको प्रति चासो व्यक्त गर्दै प्रमुख पोखरेलले नेपालमा स्थापित बैंकले लद्युवित्त संचालनमा रहेका दक्षिण एसियाका देशमध्ये नेपालमा सस्तो ब्याजदरमा कर्जा लगानी गरेको दाबी गर्नुभयोे । एसियाका अन्य मुलुकमा चर्को ब्याजदर छ तर नेपालमा अन्यको तुलनामा सस्तो ब्याजदर रहेको प्रमुख पोखरेलले बताउनुभयो ।

कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्ण बहादुर रानाभाट, वडा नं. १ का वडाध्यक्ष अमृत क्षेत्रीले महिला समूह गठन गरेर बैंकले समूह जमानतमा गरेको लगानीले महिलालाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

वित्तीय साक्षरता कार्यक्रममा मुक्तिनाथ विकास बैंकका उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नबिन काफ्ले, अनुगमन अधिकृत बालकृष्ण रेग्मीले महिलाहरुलाई आर्थिक रुपमा विकसित बनाउन सकेमात्रै समाज परिवर्तन हुने बताउनुभयो । जति मिठा भाषण गरेपनि महिलाको आर्थिक अवस्था सुधार नगरेसम्म समाज परिवर्तन गर्न नसकिने उहाँहरुले जिकिर गर्नुभयोे ।

त्यस अवसरमा मुक्तिनाथ कृषि कम्पनीका बजार प्रबन्धक धनीराम शर्माले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गराउन कम्पनीले प्रविधिमा जोड दिएको बताउनुभयो । प्रविधिको प्रयोग विना उत्पादन बढाउन नसकिने उहाँको भनाई थियो । कृषिमा प्रविधि भित्र्याउन कृषकसँग सहकार्य गर्न कम्पनी तयार रहेको उहाँले जानकारी गराउनुभयो ।

बैंकको लद्युवित्त विभाग अन्र्तगत गठित महिला सदस्य कलावती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सरस्वती रेग्मीले गर्नुभएको थियो् । त्यस अवसरमा बैंकका फेदीखोला शाखाका प्रमुख खुमबहादुर घर्तीले स्वागत तथा शाखाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

मुक्तिनाथ विकास बैंक फेदीखोला शाखा अन्र्तगत गठित ८५ महिला समूहमा करिब १८ सय महिला सदस्यहरु आबद्ध छन् । समूहमा आबद्ध महिलालाई झण्डै १६ करोड लगानी गरेको बैंकले जनाएको छ । बैंकले स्याङ्जाको फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिका सहित कास्कीको पोखरा महानगरपालिका वडा नं. २१ र २२ मा सेवा प्रबाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार