स्याङ्जामा माओवादी र समाजवादीले अस्वाभाविक दाबी गरेपछि काङ्ग्रेसको बैठक बस्दै

२०७९ आश्विन १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,१३ असोज । मंसिर ४ मा हुन लागेको संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलले स्याङ्जामा अस्वाभाविक दाबी गरेपछि नेपाली काङ्ग्रेस स्याङ्जाको आकस्मिक बैठक बस्ने भएको छ ।

गठबन्धनमा रहेका माओवादी र समाजबादीले अस्वभाबिक दाबी प्रस्तुत गरेपछि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको आकस्मिक बैठक बस्न लागेको नेपाली काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले जानकारी दिनुभयो ।

गठबन्धन गरिएका दलको अवस्था स्याङ्जामा कमजोर भएको भन्दै स्याङ्जामा गठबन्धन गर्न नहुने भन्दै स्याङ्जाका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले आवाज उठाउदै आएका छन् । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिएका स्थान जतिमा नेपाली काङ्ग्रेसले पराजय बेहोर्नु परेपछि स्याङ्जामा गठबन्धनको बिरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय