गल्याङ बजारमा नगरपालिकाको छड्के, सुधार गर्न २० दिनको अल्टिमेटम (भिडियाे सहित)

२०७९ आश्विन १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१५ असोज । जिल्लाको तेस्रो बजार भनेर चिनिने गल्याङ बजारमा दशैको मुखैमा बजार अनुगमन गरिएको छ ।

नगरपालिकाको अगुवाइमा गल्याङ बजारका ३० पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कतिपय पसलमा मुल्य सुची नटासेको, दर्ता नभएको लगायतका समस्य देखिएको गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेले जानकारी दिनुभयो । अनुगमनका क्रममा भेटिएका कमि कमजोरी २० दिन भित्र्य सच्याउन निर्देशन समेत दिइएको न्यौपानेले जानकारी दिनुभयो ।

गल्याङ बजारमा रहेका करिब ४ सय पसलहरु मध्य केहिमा छड्के चेकजाच गरिएको गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नगर उपप्रमुखको संयोजकमा बजार अनुगमन भएको छ । बजारमा देखिएका तुर्टी सच्याउन २० दिनको म्याद पाउनु भएको छ ।”

चेम्बर अफ कमर्स गल्याङका अध्यक्ष गंगा श्रेष्ठले बजार अनुगमनलाई निरन्तरता दिन नगरपालिकालाई अनुरोध गर्नुभयो उहाँले भन्नुभयो “कहिलेकाही अनुगमन गरेर हुँदैन । यसलाई निरन्तरता दिउ त्यसको लागि चेम्बर अफ कमर्स हातेमालो गर्न तयार छ ।”

बजार अनुगमनका क्रममा बच्चाले खाने मिठाइ लगायतमा चिजबिजमा बढी समस्य देखिएको गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो “बच्चाले खाने मिठाई लगायतमा चीजबीजमा उत्पादन कम्पनी, उत्पादन मिति र म्याद समाप्त हुने मिति समेत नभएका चिजबिज धेरै प्राप्त भएको र अब देखि त्यस्ता बस्तु बिक्रि नगर्न सुझाव दिइएको छ ।”

स्थानीय सरकारले नगर भित्रका नागरिकको हितको लागि चालेको यो कदमलाई निरंतरता दिन सके आगामी दिनमा पक्कैपनि गल्याङ बजार भित्र हुने कालाबजारी अन्त्य हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय