स्याङ्जामा धनराजलाई अप्ठ्यारो हुने संकेत,निर्वाचित वडा अध्यक्षसम्म असन्तुष्ट

२०७९ आश्विन २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २२ असोज । मंसिर ४ मा हुन लागेको निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट धनराज गुरुङ संघीय सभामा निर्वाचन लड्ने भएपछि काङ्ग्रेस कार्यकर्तामा व्यापक असन्तुष्टि पैदा भएको छ ।

गठबन्धनमा समेत असन्तुष्ट बनेका जिल्लाका कार्यकर्ताले उपसभापति धनराज गुरुङ प्रति कडा टिप्पणीले व्यक्त गरेको भेटिन्छ । नेपाली काङ्ग्रेस समर्थनका फेसबुक ग्रुपमा ब्यप्त असन्तुष्ट जनाएका नेता तथा कार्यकर्ताले पछिल्लो समय सामाजिक संजाल फेसबुकको प्रयोग गरेर आफ्ना अभिव्यक्ति सार्वजनिक गरेको पाइन्छ । भर्खरै निर्वाचित वडा अध्यक्ष देखि कार्यकर्ता सम्मले पटकपटक अर्को निर्वाचन क्षेत्रको नेतालाई भोट हाल्न नसकिने जस्ता असन्तुष्टि व्यक्त गरेपिछ धनराज गुरुङलाई स्याङ्जा क्षेत्र २ मा निर्वाचन लड्न अप्ठ्यारो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय