स्याङ्जा २ “ख” मा महेश भट्टराई

२०७९ आश्विन २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२३ असोज । स्याङ्जा क्षेत्र नम्बर २ ख बाट प्रदेश सभाका लागि महेश भट्टराईले निर्वाचन लड्ने हुनुभएको छ । गठबन्धन दल बीच भागबन्डा गर्दा नेपाली काङ्ग्रेसको भागमा परेको उक्त क्षेत्रमा नेपाली काङ्ग्रेसले महेश भट्टराई टिकट दिएको हो ।

गल्याङ नगरपालिका वडा नम्बर ३ का निवर्तमान अध्यक्ष समेत रहनु भएका भट्टराई नेपाली काङ्ग्रेस स्याङ्जा प्रदेश २ ख को सभापति समेत हुनुहुन्छ । सामाजिक क्षेत्रमा निकै सक्रिय भट्टराई जनताको सुख दुखको सारथि बन्दै आउनु भएको छ । त्यहीँ कारण पनि यो क्षेत्रमा भट्टराईलाई निर्वाचन जित्न सहज हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय