स्वास्थ्य कार्यक्रम लिएर घर-घरमा पुग्न थाल्यो गल्याङ नगरपालिका

२०७९ पुष १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युबराज सुबेदि
स्याङ्जा, पौष १४ । गल्याङ नगरपालिकाको आयोजनामा पहिचान ब्यबस्थापन शिविर,एकीकृत घुम्ती शिविर साथै निशुल्क स्वास्थ परिक्षण र स्वास्थ्य सेवा शिविर आयोजना भएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ६ पाण्डेथोकमा रहेको स्वास्थ्य चौकीमा पहिचान ब्यबस्थापन शिविर बुधबार संचालन भएको हो । गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपाने द्वारा शिविरको उद्घाटन गर्नुभएको थियो । शिविरमा महिलामा हुन सक्ने पाठेघरको मुखको क्यान्सर (VIA Test)  आङ खस्ने समस्या अब्स्ट्रेटिक फिस्टुला तथा प्रजजन स्वास्थ सम्बन्धि रोगको परिक्षण भएको थियो ।

साथै सोही स्वास्थ्य चौकिमा निशुल्क स्वास्थ्य परिक्षणको उद्घाटन गल्याङ नगरप्रमुख गुरु भट्टराईले गर्नु भएको थियो । शिविरमा परिवार योजनाको लागि अस्थायी साधन (IUCD Implant) सेवा सम्बन्धी परिक्षण तथा उपचार भएको थियो ।

साथै गल्याङ नगरपालिकाको वडा नं. ६ डुडेमा रहेको वडा कार्यलयमा जेष्ठ नागरिक स्वास्थ सेवा शिविर संचालन भएको थियो । सम्पुर्ण वडा वासिको स्वास्थ्य सेवाको मध्यनजर गर्दै स्वास्थ्य परिक्षणको लागि सहज बनाउने र अब नया नया शिविर ल्याउने पनि प्रमुख भट्टराईले बताउनुभयो । साथै स्वास्थ्य चौकीमा एक्सरे ल्याबको लागि पहल गरिरहेको पनि नगरप्रमुख गुरु भट्टराईले बताउनुभयो ।

साथै कार्यक्रममा बोल्दै रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बेस भन्दै रोग लाग्नु पुर्ब स्वास्थ्यको परिक्षण गराइ महिलाहरूमा हुने रोगबाट बन्चित हुन सुझाब दिनुभयो । साथै महिलाहरुमा हुने रोगको निम्ति महिला हरुको स्वास्थ्य शिविर साथै रोगथामको लागि औषधि बितरण गर्ने पनि नगर उपप्रमुख न्यौपानेले बताउनुभयो ।

महिला स्वास्थ्य शिविरमा ११० जनाले शिविरको लाभ लिनुभएको थियो भने जेष्ठ नागरिक स्वास्थ्य सेवा शिबिरमा १०८ जनाले शिविरको लाभ लिनुभएको थियो । मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रका (MBBS) डाक्टर बिश्वास श्रेष्ठ द्वारा शिबिरमा उपचार तथा परिक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय