स्याङ्जाका ११ पालिका मध्ये १० पालिकामा शिक्षक संघको अधिवेसन सम्पन्न

२०७९ माघ २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा,२४ माघ । स्याङ्जाका ११ पालिका मध्ये १० पालिकामा शिक्षक संघको अधिवेसन सम्पन्न भएको छ । वालिङ नगरपालिका बाहेक सबै पालिकामा शिक्षक संघकोे अधिवेसन सम्पन्न भएको हो । शिक्षक संघ स्याङ्जाको विभिन्न पालिकामा भएको दोस्रो अधिबेशनले नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको संघले जनाएको छ । संघको १० पालिकामा सम्पन्न भए अनुसार फेदिखोलामा शोभा थापा, पुतलीबजारमा लेखनाथ शर्मा, अर्जुनचौपारीमा बिष्णु प्रसाद चापागाँई, आँधीखोलामा जगदिश पौडेल, बिरुवामा राजु वाग्ले र भीरकोटमा चोलाकान्त काफ्लेको नेतृृत्वमा सर्वसहमतिमा नेतृत्व चयन हुनुभएको छ । त्यसैगरी गल्याङ्मा लेखनाथ चापागाँई, चापाकोटमा गोपाल रेग्मी, कालीगण्डकीमा भीम थापा र हरिनासमा सुरज मानन्धरको नेतृत्वमा सर्वसहमतिमा पालिका कार्यसमिति चयन भएको संघले जनाएको छ ।

 कार्यसमिति चयन भएको शिक्षक संघका उपाध्यक्ष सीता गौडेल गैह्रेले जानकारी दिनुभयो । उहाँका अनुसार वालिङ बाहेक सबै पालिकामा सर्वसहमतिमा कार्यसमिति चयन भएको बताउनुभयो । वालिङको पनि छिट्टै सर्वसहमतिमा नटुङ्गाउने प्रयास भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय