जापान सरकारको सहयोगमा सञ्चालित छात्रवृत्ती कार्यक्रम सम्पन्न

२०७९ फाल्गुन ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

जापान ,  ११ फागुन । जापान सरकारको सहयोगमा सञ्चालित जे डी एस छात्रवृत्ती कार्यक्रम अन्तर्गत सामाजीक अन्र्तकृया कार्यक्रम सम्पन्न भएकाे छ  ।बुधबार कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदाश वैरागीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो कार्यक्रमा नेपालका लागि जापानका महामहिम राजदुत किकुता युताका, नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, सह(सचिव लगायतका अधिकारीहरु, जे अाइ सी ए (jica ) नेपालका मुख्य प्रतिनिधी, ओकुबो आकिमिचु, जापानको हिरोशिमा विश्वविद्यालय, वासेदा विश्वविद्यालय, इन्टरनेसनल यूनिभर्सिटी अफ जापान, साइतामा विश्वविद्यालय, मेइजी विश्वविद्यालय, यामागुची विश्वविद्यालय, रिचुमेइखान विश्वविद्यालय र क्यूसु विश्वविद्यालयका प्राध्यापकहरु तथा उक्त विश्वविद्यालयहरुमा छात्रवृत्तीमा २ वर्षे स्नातकोत्तर तह अध्ययन गरि फर्केका नेपाल सरकारका विभिन्न निकायहरुमा कार्यरत करिब १०० जना निजामति कर्मचारीहरु, जापानमा अध्ययन गरेर नेपालमा रहनु भएका पूर्व विद्यार्थीहरुका संगठनहरुका प्रतिनिधीहरु, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

सो छात्रवृत्ती कार्यक्रम नेपालमा सन् २०१६ बाट सुरु भएको थियो । पहिलो आयोजनामा ४ वर्षमा प्रत्येक वर्ष २० जनाका दरले स्नातकोत्तर तहमामात्र छात्रवृत्ति उपलव्ध रहेकोमा दोश्रो आयोजनामा प्रत्येक वर्ष २० जना स्नातकोत्तर संगसंगै २ जनाका दरले विद्यावारिधीको समेत छात्रवृत्ति उपलव्ध छ । हालसम्म १०० जना नेपाल सरकारका निजामति कर्मचारीहरुले स्नातकोत्तर तह अध्ययन पूरा गरी नेपालमा फर्कि सक्नु भएको छ । हाल जापानमा ४० जना स्नातकोत्तर तहमा अध्ययनरत तथा ३ जना विद्यावारिधी गर्दै हुनुहुन्छ । सो कार्यक्रमा नेपाल सरकार, अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख तथा उक्त छात्रवृत्ति कार्यकमका अध्यक्ष, सह सचिव,  श्रीकृष्ण नेपालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपालका लागि जापानका महामहिम राजदुत किकुता युताकाले स्वागत मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव  बैरागीले प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै यस छात्रवृत्ती कार्यक्रमले नेपाल सरकारका निजामति कर्मचारीहरुको क्षमता अभिवृद्धि साथै वृत्ती विकासमा उल्लेखनिय योगदान दिनुका साथै नेपाल र जापानबीचको सताव्दीयौं लामो सम्बन्धलाई अझ प्रगाढ गर्न महत्वपूर्ण योगदान दिएको विचार व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार