गल्याङमा विद्यार्थीको अगुवाइमा भब्य होलि पर्व

२०७९ फाल्गुन २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गणेश अधिकारी
स्याङजा, २३ फागुन । नेपाल विद्यार्थी संघ गल्याङ बहुमुखी क्याम्पस इकाइ समिती द्वारा आयोजित होलि मिलन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। इकाइ समितिले रङ हरुको पर्व होलि लाई विशेष कार्यक्रमको रुपमा आयोजना गरेर मनाएको हाे ।

कार्यक्रममा घैटो फोर , म्युजिकल चियर जस्ता मनोरञ्जनात्मक क्रियाकलापहरु पनि गराइएको थियो जस्मा घैटो फोर कार्यक्रममा हिना खड्का र निता खड्का प्रथम हुन सफल भएका छन भने म्युजिकल चियर मा रुबि अधिकारी प्रथम हुन सफल भएकी छन । यस कार्यक्रमले विद्यार्थीहरु लगायत वरिपरिका स्थानिय बासीहरुमा निकै हर्ष उल्लास छाएको थियो ।

नेपाल विद्यार्थी संघ सधै विद्यार्थी हकहित का लागि एकजुट रहेको र समाजमा भएका गलत क्रियाकलापका विरुद्ध आवाज उठाउने सन्देश दिदै आउदो दिनमा अझै रचनात्मक , मनोरञ्जनात्मक, उदाहरणिय र व्यक्तित्व विकासका कार्यक्रमहरु लिएर उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै इकाइ सभापति निर्मल भट्टराई कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार