स्याङ्जा २५ फागुन । कमला न्यौपाने सुवेदीको हत्या प्रयासमा पक्राऊ परेका आफ्नै श्रीमान लक्ष्मी प्रसाद न्यौपाने र जेठाजू केशवराज न्यौपानेलाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
स्याङ्जा जिल्ला पुतलिवजार नगरपालिका वडा १३ निवासी कमला न्यौपाने सुवेदी आफ्नै श्रीमानको कुटाईवाट,फागुन ३ गते सख्त घाईत भएपछि पारिवारिक मिलेमतोमा ऊपचार गर्न पनि समयमा लगिएको थिएन । घटना घटेको करिव १७/१८ घण्टा पछि नजिकैको कालिका अस्पताल लगिएको थियो । श्रीमान र जेठाजुको कुटाइ पछि बेहोस हुनुभएकी कमलालाई गाउँलेले उद्दार गरेर अस्पताल पुर्याएपछी घटना बाहिर आएको थियो ।
मंगलबार थुनछेकको वहसपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको स्याङ्जा जिल्ला अदालतका श्रेस्तेदार विश्व प्रसाद रेग्मीले जानकारी दिनुभयो । यो आदेश पछि कमलाका छोरा किष्मत न्यौपानेले सामाजिक संजाल फेसवुकमा खुशि व्यक्त गर्दै लेख्नुभएको छ । ”न्यायमा आश पलाएको दिन,अपराधीलाई छुटाउने प्रयासका वावजुत आजको थुनछेक वहस सगै मम्मी लाई कुटपिट गरि यो अवस्थामा पुर्याउने बुबा लक्ष्मि प्रसाद न्यौपाने र ठूलो बुबा केशव न्यौपानेलाई जिल्ला अदालत स्याङ्गजाले पुर्पक्षका लागि थुनामा पठाऊने आदेश गरेको छ । कोमामा रहनु भएकि आमा र हामी छोराछोरीलाई साच्चिकै न्याय प्राप्ति भएको महसुस भएको छ र आशा पलाएको छ मम्मि छिट्टै ठिक हुनुहुनेछ । हाम्रो दुखेको घाउमा मलम लगाईदिने सम्मानित जिल्ला अदालत स्याङ्गजा र यस कार्यमा सहयोग गर्नु हुने सहयोगि मनहरूमा हार्दिक नमन गर्दछु ।”
यसैगरि छोरी कृशला न्यौपानेले पनि अव खुला आकाशमा वांच्न पाईन्छ कि भनेर आशा व्यक्त गर्नुभएको छ । त्यस्तै पीडितका भाई जीवनाथ सुवेदी भन्नुहुन्छ ,”दिदीको अवस्था यस्तो छ,भान्जा(भान्जी र आफ्नो परिवार समेत सुखसंग वाच्न पाईने भो आफ्नै भिनाजू जेल जादा खुशी हुनुपर्ने दिन पनि आउदो रहेछ ।”
यसैगरि निरन्तर कमलाको ऊपचारमा संगै रहेका र कमलाको न्यायका लागि आवाज उठाई रहेका भाई तेज प्रसाद सुवेदीले पनि यो देशमा न्याय नमरेको प्रतिक्रिया दिनुभएको छ ।