नेपाल वायूसेवा निगमको प्रवक्तामा पौडेल नियुक्त

२०७९ चैत्र १९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १९ चैत । नेपाल वायूसेवा निगमको प्रवक्तामा रमेश पौडेल नियुक्त हुनुभएको छ । पौडेललाई आजकै मिति देखि लागु हुनेगरी प्रवक्ता नियुक्ति गरिएको हो ।

प्रवासी नेपाली बीच बिग्रेको नेपाल एयरलाइन्सको छबिलाई उच्च बनाउन महत्त्वपूर्ण भुमिका खेल्नु भएका पौडेललाई एयरलाइन्सले आज प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो । नेपाल एयरलाइन्सको पहिले बिग्रेको छबीलाई उच्च बनाउन कन्ट्री म्यानेजरको जिम्मेवारी लिएर दुबई पुगेर उहाँले गरेको कार्यको सर्वत्र प्रसंशा हुँदै आएको थियो । दुबईमा रहेका नेपाली समुदाय एवम् स्थानीय संग लोकप्रिय बन्नु भएका पौडेल यहीँ लोकप्रियताका कारण नेपाल एयरलाइन्सको छबि उच्च बनाउन सफल हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार