दुबई उडान रद्दले निगममा हलचल, निर्देशक लाई २४ घण्टे स्पष्टीकरण

२०७९ चैत्र २०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
काठमाडौ, २० चैत । सनिवार दुबईका लागि उड्नु पर्ने नेपाल एयरलाइन्सको व्वाइट बोडी जहाजको उडान रद्द भएपनि नेपाल वायुसेवा निगममा हलचल मच्चिएको छ ।

कोपाइलट गोपालसिंह बिष्टको पेटमा समस्य आएको भन्दै सनिवार ११ बजे दुबईका लागि उडान हुनुपर्ने नेपाल एयरलाइन्सको जहाजको उडान रद्द गरिएको थियो । कोपाइलट पेटमा समस्य देखिएको भन्दै उडाननै रद्द भएपछि नेपाल वायुसेवा निगममा खैलाबैला मच्चिएको छ । कोपाइलटको अभाव उडान रद्द भएपछि निगम ब्यबस्थापक माथी गम्भीर प्रश्न उठेको छ भने उक्त घटनाको छानबिन गर्न जनकराज कालाखेतीको संयोजकमा छानबिन समितिनै गठन भएको छ । उक्त समितीमा क्यप्टेन सुरज भण्डारी र नारायण पौडेल रहनु भएको छ ।

छानबिन समितिले प्रतिबेदन तयार पारी रहदा निगमका कार्यकारी निर्देशक कुमार शेरचन लाई कार्यकारी अध्यक्ष युवराज अधिकारीले २४ घण्टे स्पष्टीकरण सोध्नु भएको छ । एकैपटक कोपाइलट तालिम पठाएर कोपाइलटको अभावमा उडान रद्द गर्नुपर्ने लगायत बिसयमा २४ घण्टा भित्र जवाफ पेस गर्न कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधिएको छ ।

त्यसैगरी बिदेशी उडानको लागि उडान हुने देशसंग प्रत्येक ५/५ बर्षमा गर्नुपर्ने नवीकरण मलेसियासंग नवीकरण गर्न अप्रेसन डिपार्टमेन्टले बेवास्ता गरेको भन्दै उपनिर्देशक क्याप्टेन बिजय लामा सहित सहित ३ जनालाई स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण सोधिनेमा ओ।सि।सि। म्यानेज चक्र नकर्मी र मलेसियाका कन्ट्री म्यानेज नेत्र राज राउत रहनु भएको छ। निगमको विभागीय कारबाहीमा परेका कर्मचारीको कारबाही विवरण रेकर्डमा रहने ब्यबस्था छ भने पुन कारबाही परे जागीर समेत जान सक्ने ब्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार