दुबई उडानको ढिलाइ घटनामा वायुसेवा निगमका वरिष्ठ क्याप्टेन शेरचन निलम्बन

२०७९ चैत्र २८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २८ चैत । नेपाल वायुसेवा निगमले गत १ अप्रिलको दुबई उडान ढिलो भएको घटनामा बरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचनलाई निलम्बन गरेको छ।

सो घटनामा छानबिन गर्न बनेको समितीको प्रारम्भिक रिपोर्ट्मा निजलाइ निलम्बन गरेर थप अनुसन्धान गर्नुपर्ने देखिएको भनेकोले कार्यकारी अध्यक्ष यूवराज अधिकारीले शेरचनलाई निलम्बन गर्ने निर्णय गरेका हुन। तत्कालीन अपरेसन विभागका निर्देशक वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार शेरचनले जगेडा नराखी चार जना पाइलटलाई एकैपटक तालिममा सहभागी गराउँदा उडान ढिलो भएको थियो।

कार्यकारी अध्यक्षबाट पटकपटक दिएको निर्देशनलाई निर्देशक शेरचनले हेलचेक्र्याइँ गरी पाइलट व्यवस्थापन नगरेकाले निलम्बन गरिएको निगम स्रोतले बताएको छ।

यस्तै मलेसिया उडानका लागि चाहिने उडान अनुमति समयमा नवीकरण गर्न पहल नगरी हेलचेक्र्याइँ गर्ने क्याप्टेन विजय लामालाई निगमले विभागीय कारबाही गरेको जनाएको छ।

आफ्नो कर्तव्य पालनामा चुकेका उपनिर्देशक वरिष्ठ क्याप्टेन लामा सहित ओ।सी।सी। म्यानेजर चक्र नकर्मी र मलेसियाका कन्ट्री म्यानेजर नेत्रराज रावतलाई बिभगीय कारबाही गरीसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार