पोखराको सेती खोंचमा फेरी अर्काे घटना, बालककाे खोजीकार्य हुदै

२०८० बैशाख २, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा,२ बैशाख । पोखरामा एक बालक सेती खोंचमा साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा खसेका छन् । शनिबार दिउँसो खेल्न पुगेका पोखरा ८ का स्मिथ पराजुली सेती खोंचमा खसेको वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीले जानकारी दिनुभयो।

‘घरबाट निस्केर खेल्न पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा तीनजना साथीसँग मिलेर जाँदै गर्दा सेती नजिकैको भ्वाङमा परेको देखिएको छ,’ इन्स्पेक्टर केसीले भन्नुभयो । दिउँसो ३ बजेको समय खोंचमा खसेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले स्मिथको खोजीकार्य गरिरहेको छ । भ्वाङभित्र जान निकै अप्ठ्यारो भएकाले उद्धार गर्न कठिन भएको केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय