गल्याङ र हेम्जाका सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीका बीच अन्तरक्रिया

२०८० बैशाख ९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई
स्याङ्जा ,९ बैशाख । गल्याङ नगरपालिकाका भित्रका सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीका, गल्याङ नगरपालिका स्वास्थ शाखामा कार्यरत कर्मचारी र हेम्जाको स्वास्थ्य टोलीबिच शुक्रबार हेम्जा स्वास्थ्य चौकीमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

गल्याङ नगरपालिकाको पहलमा पालिका भित्रका सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई अन्य पालिकाको स्वास्थ्य अवस्था बारे जानकारी गराउन पालिका उपप्रमुख हेम न्यौपानेको संयोजनमा गल्याङको टोलि हेम्जा पुगेको थियो । स्वास्थ्य क्षेत्रको बिकासको निमित्त अन्य स्थानीय तहमा गरिएका प्रयोगहरुको अवलोकन गरेर यहाँको स्वास्थ्यमा सुधार गर्न अबलोकनको कार्यक्रम तय गरिएको नगर प्रमुख गुरु भट्टराईको भनाइ छ ।  गल्याङ बाट अवलोकन गर्न पुुगेको टोली संग स्वास्थ्य क्षेत्रको अवस्था बारेमा अन्तकृया भएको थियो ।

स्वास्थ्य क्षेत्रमा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्य कर्मीको मनोबल उच्च बनाउन पालीकाको पहलमा अवलोकन सहितको कार्यक्रम तय गरिएको थियो ।

गल्याङ नगरपालीका उपप्रमुख हेमा न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व सामुुदायीक महीला स्वास्थ्य स्वयम सेबीका समितिको संयोजक हरिमाया कुवरले गर्नुुभएको थियो । गल्याङ नगरपालीकाबाट अवलोकनका लागी पुुगेको ६५ जना टोली सहित करिव १२० जना उपस्थीत रहेको कार्यक्रमको स्वागत मन्तव्य खेम गुुरुङले गर्नुुभएको थियो ।

हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीले सञ्चालन गर्नुुभएको कार्यक्रममा धर्मी भट्टराई , बिसर्जना थापा , शान्ता थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय