स्कुल बसको माग गर्दै स्याङ्जाका सामुदायिक बिधालय

२०८० बैशाख ३१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सिजल राना
स्याङ्जा,३१ बैशाख । सरकारी बिधालय भन्ने बित्तिकै पठनपाठन राम्रो हुँदैन भन्ने नेपाली समाजमा बसेको छापलाई तोड्दै अगाडी बढेका स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेका सामुदायिक बिधालयले निजि स्कुलको भन्दा उत्कृष्ट सेवा सुबिधा दिन होटबाजी गरेका छन् ।

अङ्ग्रेजी माध्यमलाई समेत निरन्तरता दिदै आएका पालिका भित्रका सामुदायिक बिधालयहरुले शिक्षालाई थप प्रभावकारी बनाउन स्कुललाई पनि संगै लैजानुपर्ने माग उठाउन थालेका छन् । गाउँपालिका भित्र २ वटा सरकारी बिधालयले विगत केहि बर्षदेखी स्कुल संचालन गर्दै आएपछि यसको माग अन्यत्र रहेका सामुदायिक स्कुलले पनि माग गर्न थालेका छन् । कालीगण्डकी गाउँपालिका ४ मा रहेको श्री जनता मा वि को ५८ औं बार्षिक उत्सवमा बोल्ने वक्ताले पालिका भित्रका सामुदायिक बिधालयले पनि बस संचालन गर्नुपर्ने धारणा आएको हो ।

स्कुलको प्राङ्गणमा भएको बार्षिक उत्सवमा गाउँपालिका अध्यक्ष खिम बहादुर थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । सहायक प्र.अ चिन्तामणी अधिकारीको संचालनमा भएको कार्यक्रममा शिक्षिका थमकला पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम बिधालयका प्र अ आशिका गुरुङले स्कुलको बार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार