२०७९ को प्रथम बने स्याङ्जाका २ पत्रकार

२०८० जेष्ठ १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ ,१३ जेठ । श्रम तथा रोजगारको क्षेत्रमा कलम चलाउने स्याङ्जा दुई पत्रकार २०७९ बर्षको उत्कृष्ट पत्रकार बन्नु भएको छ । पत्रकारिता क्षेत्रमा लामो समय बिताउनु भएका स्याङ्जा गल्याङ नगरपालिकाका भूपराज बस्याल र तारा चापागाईं २०७९ सालको उत्कृष्ट पत्रकार बन्नुभएको हो ।

श्रम रोजगार पत्रकार समुहले प्रदान गर्ने श्रम रोजगार पत्रकारिता पुरस्कार २०७९ मा बस्याल चापागाईंको समाचार प्रथम बनेको हो । समाचारको सामाजिक प्रभाव, बिषय, स्पष्टता लगायतका १४ वटा क्षेत्रलाई आधार मान्दा यस बर्षको प्रथम पुरस्कार अन्नपूर्ण पोस्टमा प्रकाशित ‘अमेरिका सपना भ्रमपुर्ण ब्यापार’ शीर्षकको समाचार प्रथम बनेको निर्णायक मण्डलकि सदस्य सरु जोशी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो हामीले निर्धारित गरेका १४ वटा क्षेत्रलाई आधार मान्दा यस बर्षको प्रथम पुरस्कार यो समाचार पाउने निर्णय गरेका थियौ । समुहले यस बर्ष उत्कृष्ट घोषणा गरेको समाचार लेख्ने तारा चापागाइ र भूपराज बस्याललाई लाई शुक्रबार एक कार्यक्रमका बीच संमान प्रदान गरिएको हो । त्यस्तै युएईबाट अन्नपूर्ण पोस्टमा काम गर्दै आउनुभएका मेघराज सापकोटाले तृतीय पुरस्कर प्राप्त गर्नुभएको छ ।

त्यस्तै अर्को तृतीय पुरस्कार काठमाडौ पोस्टमा कार्यरत पवन पाण्डेले प्राप्त गरेका छन् भने द्वितिय पुरस्कार नयाँ पत्रीकामा कार्यरत मुना कुवरलाई प्रदान गरिएको सस्थाका उपाध्यक्ष होम कार्कीले जानकारी दिनुभयो ।

प्रवासी नेपाली समन्वय समिती (पिएनसिसि)संगको साझेदारीमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिह भण्डारीको प्रमुख अतिथिमा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम बजारलाई मर्यादित बनाउन पत्रकारको ठुलो भुमिका हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , श्रम बजारलाई मर्यादित बनाउन पत्रकारको ठूलो भुमिका हुन्छ । म श्रम मन्त्री भएको हुँदा यस क्षेत्रमा सकारात्मक काम गर्न यस क्षेत्रमा कार्यरत पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने छु । मन्त्री भण्डारीले सम्बन्धित क्षेत्रका समिती बनाउदा सम्बन्धित क्षेत्रको बिज्ञालाई प्राथमिकता दिने भन्दै श्रम क्षेत्रको समिति चयन गर्दा यस क्षेत्रका बिज्ञ समेटेर जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

समुहका सदस्य कुल प्रसाद कर्कीको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रममा सुरक्षीत आप्रवासनका लागि राष्ट्रिय संजालका अध्यक्ष हरि बहादुर थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र पाण्डे, सयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ लगायतले श्रम क्षेत्रमा कलम चलाउने पत्रकारको क्षेत्रमा गरिएको नौलो प्रयासलाई निरन्तरता दिने धारणा राख्नु भएको थियो । पत्रकार समुहका अध्यक्ष सुनिल न्यौपानेको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार