यौन दुव्र्यवहारको आरोपमा कलेजबाट निष्कासन भएका ब्यक्ती एन आर एन ए युएईको महासचिव

२०८० श्रावण ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, ४ साउन । नेपाली एसोसिएसन युएई (एन आर एन ए) महासचिवका एकल उम्मेदवार यौन दुव्र्यवहारमा कलेजबाट निस्कासन भएका ब्यक्ती भएको खुलेको छ ।

निर्वाचन समितीले अन्तिम नामावली प्रकाशित गर्दा महासचिवका एकल उम्मेद्बारका रूपमा रहेका भुवन कुमार वाग्ले यौन दुव्र्यवहार काण्डमा कलेजबाट निस्कासन भएका ब्यक्ती परेका छन् ।

मोरङमा रहेको मेरिल्यान्ड कलेजमा अध्यापन गर्दा बिद्यार्थी माथी यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनलाई कलेज निस्कासन गरिएको थियो । कलेजले निस्कासन गरेपछि उनि युएई गएकाे बताइन्छ । आज भन्दा करिब दुई बर्ष पहिले घटेको घटनालाई गुपचुप राखी उनी अहिले सामाजिक सेवामा समर्पित हुन एन आर एन युएईको महासचिवमा उम्मेदवारी दिएका हुन् । News 24 टेलिभिजनले दुई बर्ष अघि नै यस बिसयमा रिपोर्ट प्रशारण गरेको भएपनि निर्वाचन कमिटीले भने यस बिसयमा कुनै जानकारी नराखी अन्तिम नामावली प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार