अर्थमन्त्री महतले गर्नुभयो विमानस्थलको निरीक्षण

२०८० श्रावण ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,११ साउन। अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ ।

महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुग्नुभएको हो । विमानस्थल पुग्नुभएका उहाँले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेको छ ।

केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो ।

उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गर्नुभएको हो। यसअघि गृहमन्त्री नारायणकाजी लगायतले पनि निरीक्षण गर्नुभएको थियो ।

विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय